नेप्से साताको कारोबारको दोस्रो दिन आज उच्च अंकले घटेको छ ।
आज १००.१० अंकले घटेर नेप्से दुई हजार ८ सय २० दशमलब ४१ विन्दुमा रोकिएको हो । आज ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी दुबै कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ ।
वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता १००५.५० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३८२.९० रुपैयाँ पुगेको छ ।






