पोखरा विमान दुर्घटना, मृत्यु हुने ११ जनाको सनाखत

 पोखरास्थित सेती नदी खोँचमा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।

सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा‍. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् । यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *