पाेखरा विमान दुर्घटना : आन्तरिकतर्फ हालसम्मकै ठूलो

 पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए । अहिले उद्धार कार्य जारी छ । नेपाली सेनाका अनुसार दुर्घटनास्थलबाट हालसम्म ६२ वटा शव निकालिएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *