

बैंक तथा बित्तियसंस्था यतिबेला मर्जरमा जाने क्रम बढ्दो छ । यसरी बैंकहरु मर्जरमा गइरहँदा यदि व्यक्तिको दोहोरो खाता भए एउटा खाता बन्द गर्नु पर्ने भएको छ । बैंकहरुले एकीकृत कारोबारपछि दोहारो खाता हुने व्यक्तिलाई एउटा खाता बन्द अनुरोध गर्ने भएका छन् ।
बैंकहरुले दोहोरो खाता हुनेलाई सूचना दिएर एउटा खातामा भएको रकम अर्कोमा स्थानान्तरण गरी दुईमध्ये एक खाता बन्द गर्ने मौका दिने भएका छन् । त्यसका लागि ग्राहकलाई दुईमध्ये कुन खाता बन्द गर्ने भन्ने छनोटको अवसर दिइने भएका छन् । आजको भोली नै दोहोरो खाता हुने व्यक्तिलाई बन्द गर्न भने भन्ने छैनन् ।
व्यक्तिले एउटा बैंकमा एकभन्दा बढी बचत खाता सञ्चालन गर्न नमिल्ने नीति भएकाले दोहोरो खाता हुने व्यक्तिले एउटा बन्द गर्न अनुरोध गर्ने बैंकका कर्मचारीहरु बताउँछन् । तर, त्यसका लागि समय भने दिइने भएको छ । बैंकहरु आपसमा गाभिएसँगै गाभिने दुवै बैंकमा बचत खाता रहेका कतिपय सर्वसाधारण अन्योलमा परेका छन् ।
अर्थ सन्जाल