

साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल