अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सुन्तला बिक्रीबाट मनग्य आम्दानी

  • अर्थ सन्जाल
  • २७ पुष २०७९, बुधबार १५:२४


म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर यस वर्ष गाउँमा रु साढे दुई करोड भित्र्याएका छन् । यहाँका गाउँलेहरुले पाखोबारी र धान फल्ने खेतमा सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका हुन् ।

राखुकी सन्तकुमारी पुनले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु २२ लाख आम्दानी गरेको बताए । “मैले पनि यो वर्ष सुन्तला बिक्री गरेर रु २१ लाख आम्दानी गरेँ”, उनले भने । विगत एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आउनुभएकी पुनले सुन्तलाको दाना र बिरुवा बेचेर रहरलाग्दो आम्दानी गर्न सफल भएको बताए ।

किसान पुनले मात्रै होइन तल्लो र माथिल्लो भेकमा विभाजित राखुमा रहेका ६५ घरधुरीले न्यूनतम रु २० हजारदेखि अधिकतम रु २१ लाखसम्मको सुन्तला बिक्री गरी गाउँमा डेढ करोड रुपैयाँभन्दा बढी रकम भित्र्याउन सफल भएका हुन् । पुनसँगै राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भिमकुमारी घर्ती, खिरमती राना, कृष्णबहादुर पुन धेरै सुन्तला बिक्री गर्ने कृषकमा पर्नुहुन्छ ।

परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसानहरु पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुन बताउछन् । राखुपछि सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैँचाबाटै सुन्तला बेचेर ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले जानकारी दिए ।

त्यसैगरी हल्लेगौडा, पानीस्वाँरा, ज्यामिरे र चिनखेत क्षेत्रबाट यस वर्ष करिब २८ लाखको सुन्तला बजारमा गएको स्थानीय युवा कृषक होम रोका मगरले बताए । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै सुन्तलाका बिरुवा रोपिएको कृषकको भनाइ छ । दस वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यावसायिक रुपमा सुन्तला जात फलफूल खेतीमा आकर्षित भकिम्लीवासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन् । “अबको केही वर्षमा परम्परागतरूपमा कोदो र मकै लगाउने सबै बारीमा सुन्तला फल्ने छ, सुन्तला खरिद गर्न व्यापारी घरघरमै आउने भएकाले सुन्तला खेतीमै सबैको आकर्षण बढेको छ”, उनले भने ।

कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको बताउँदै अबको आधा दशकमा अनुकूल मौसम भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान रहेको छ । केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि भकिम्लीका अन्य बस्तीहरूमा समेत सुन्तला खेतीको लहर चलेको छ । रोग पत्ता नलागेका कारण समस्यामा परेका कृषकले निरन्तर तालिम तथा विभिन्न औषधी प्रयोग गरेपछि यस वर्ष उत्पादनमा सुधार आएको छ । “सिङ्गो वडा नै सुन्तला खेतीमा आर्कर्षित भएको छ, अनुदानमा समेत प्रोत्साहन गरिरहेका छौँ”, वडाध्यक्ष पुनले भने ।

हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको वडाध्यक्ष पुनले बताए । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारीहरू टाढाटाढाबाट गाउँमा आउन थालेपछि सडक मर्मतसम्भारमा समेत बर्सेनि लाखौँ खर्च हुने गरेको छ । भकिम्लीका सबै सुन्तला खेती हुने गाउँमा सडक सञ्जाल पुगेको छ ।

त्यसैगरी वडा नं ४ मा पर्ने बास्कुना गाउँबाट पनि यस वर्ष रु एक करोडको सुन्तला गाउँबाट नै निर्यात भएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । बास्कुनाकी गौमती खत्रीले यस वर्ष रु साढे चार लाखको सुन्तला बिक्री गरेको सुनाउनुए । अघिल्लो वर्ष दुई लाख ५५ हजारको सुन्तला बिक्री गर्नुभएकी खत्रीले यस वर्ष उत्पादन बढेपछि दोब्बर आम्दानी भएको उनको भनाइ छ । खत्रीको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेकाले यस वर्ष उत्साहित हुनुहुन्छ । गाउँमा आएका व्यापारीहरुले सुन्तला टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने आवश्यक सवारी साधनसमेत ल्याउन थालेपछि अहिले चहलपहल भएको छ ।

सुन्तला बिक्रीबाट यस वर्ष रु १० लाखदेखि १२ लाख आम्दानी हुने कृषक दीर्घबहादुर खत्रीले बताए । उनको बगैँचामा करिब पाँच सय सुन्तलाका बोट रहेका छन् । खत्रीले विगत १० वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । “सुन्तला खेतीबाट किसानहरुले राम्रो आम्दानी लिनुभएको छ, सुन्तला खेतीलाई थप प्रवद्र्धन गर्ने र युवालाई आकर्षित गर्न अर्को वर्ष सुन्तला महोत्सव लगाउने योजना बनाएका छौँ”, वडाध्यक्ष खड्काले भने ।

म्याग्दीको भकिम्ली, बरञ्जा, हिस्तान, घार, राँखु, दाना, विम लगायतका गाउँहरु सुन्तला उत्पादन पकेट क्षेत्र हुन् । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट एक हजार दुई सय मिटरदेखि एक हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाका ६ वटै स्थानीय तहको तीन सय ५५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ । जिल्लामा वार्षिक १७ करोड हाराहारीमा सुन्तला बिक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ । रासस

Artha Sanjal
मिती : २७ पुष २०७९, बुधबार १५:२४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?

रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का

ताजा समाचार

  1. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  2. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला
  3. विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?
  4. रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का
  5. सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
  6. सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् स् प्रधानमन्त्री प्रचण्ड
  7. पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.