

प्रभु इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता भाँडिएको अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर जाने सम्झौता गरेको छ ।
हिजो अपरान्ह १ बजे मर्जर सम्झौता तोडेको अजोडले हिजै राति १२ बजे युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता गरेको हो ।
हिजो मर्जर प्रक्रिया भंग हुने वित्तकै सुरु भएको छलफल सकारात्मक रुपमा अघि बढेर सहमतिमा पुगेको हो । हिजै राति अबेर दुवै कम्पनीका बीचमा हस्ताक्षर भएको हो ।
आज युनाइटेड इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभामै सो सम्बन्धी तथ्यहरु सार्वजनिक गरिनेछ ।
Artha Sanjal
अर्थ सन्जाल