

पटकपटकको कारबाहीपछि पनि गुणस्तरहीन छड उत्पादन गरीरहेको जगदम्बा स्टीलप्रति सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् । बारम्बारको चेतावनी तथा कारबाहीले पनि जगदम्ब स्टीलको उत्पादन त्यस्तै गुणस्तरहीन र प्रयोग गरिएको छोटो अवधिमै समस्या आउने गरेको पाइएपछि अर्थसञ्जाल डट कमले सो विषयमा समाचार प्रकाशन गरेको थियो ।
अर्थसञ्जाल डट कमले प्रकाशन गरेको ‘जगदम्बा स्टीलको कर्तुत : कवाडी बटुलेर फलामे छड, उच्च गुणस्तरको भन्दै उपभोक्ता ठग्दै’ शिर्षकको समाचारमा जगदम्बा स्टीलप्रति सर्वसाधारणले आक्रोस व्यक्त गरेका हुन् ।
सर्वसाधारणहरुले निष्पक्ष अनुगमन हुन् नसक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त भन्दै गुणस्तरको ट्याग देखाएर नेपाली ठग्ने भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
‘जगदम्बा स्टील, देशको मेरुदण्ड’ भन्ने नारासहित उत्पादन गर्दै आएको उद्योग यसअघि पटक पटक सरकार कारबाहीमा पनि नपरेको होइन । जगदम्बा स्टीललाई विगतका वर्षहरुमा नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको गुणस्तर परीक्षणमा जगदम्बा स्टीलको डण्डीमा कार्बन, फस्फोरस र सल्फरको मात्रा आवश्यकता भन्दा बढी भएकोले उक्त स्टील कम्पनी कारबाहीमा परेको थियो ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डण्डी (रड) को गुणस्तर कमजोर पाइएपछि सरकारले बिक्रीवितरणमा रोक लगाएको थियो।
पटकपटक काहबाहीबाट पनि नसुध्रिएको जगदम्बा स्टिलप्रति जनआक्रोश बढ्न थालेको छ । हामीले जनक्रोशलाई जस्ताको त्यस्तै लिएका छौँ ।
भक्तचन्द ठकुरी लेख्छन्, ‘मारबाडीले लुट्नु लुटेका छन् । वैधानिकदेखि अवैधानिक लुट यीनको नशा-नशामा रहेको पाइन्छ । यीनले नेपाली सेयर बजार, बैंकदेखि सबै प्राय वित्तीय संस्थामा एकलौटी पहुँचका आधारमा बर्षौदेखि उपभोग गर्दै आएका छन् ।
त्यसैगरी पूर्ण श्रेष्ठ लेख्छन्, ‘निष्पक्ष अनुगमन गर्ने हो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त भन्दै गुणस्तरको ट्याग देखाएर नेपाली ठग्ने उद्योगहरु धेरै छन् । फलामे डण्डिमा मात्र हैन नेपालको ९५ प्रतिशत सिमेन्ट गुणस्तरहीन छ ।’
गणेश श्रेष्ठले लेखेका छन्, ‘सबै रड खतम हुन्छन जगदम्बाको रड सबै कबाडि गलायर बनाउँछ । सिमरामा कसैले पनि यसकाे रड प्रयाेग गर्दैन ।’
कवाडी फलामका टुक्रा कसरी पुग्छ जगदम्बासम्म
फालिएका फलामलाई गुणस्तरहीन मानिन्छ । यो बजारमा अत्यन्तै सस्तो पर्न जान्छ । कवाडी फलाममा जस्ताका टुक्रादेखि, खिया लागेर काम नलाग्ने फलामको कराहीसम्म हुन्छन् । यी फलामका टुक्राहरु संकलनकर्ताहरु घरघरमा पुगेर संकलन गर्छन् । घरघरबाट संकलन गरिएको फलामको टुक्रा संकलन केन्द्रले एजेन्टमार्फत जगदम्बा कम्पनीलाई बिक्री गर्ने गरेको खुल्यो । सहरबाट बिक्री भएको उक्त छड ट्रकमा लोड गरेर फ्याक्ट्रीमा लगिन्छ । जगदम्बाको फ्याक्ट्रीभित्र हजारौं टन यस्ता थोत्रा फलामका सामान रहेका छन् ।
जगदम्बाले प्रचारप्रसार र देखाउनका लागि भने अलग्गै किसिमको भारतबाट आयातित प्राइम ब्लेडको प्रयोगबाट बनाइएका उच्च गुणस्तरको छडलाई अघि सार्ने गरेको पाइयो । जुन सामान बजारमा भने पठाइँदैन । बजारमा बिक्री गरिएको जगदम्बाको छड बनाउन अधिकांश कवाडी फलामहरुको प्रयोग हुने गरेको पाइएको छ ।
जगदम्बा स्टिलले कवाडी अर्थात् थोत्रा फलामलाई पगालेर छड बनाउका लागि विभिन्न ठाउँमा कवाडी संकलन केन्द्रसमेत राखेको पाइएको छ । ती संकलन केन्द्रहरु अरुकै नाममा दर्ता गरिएका छन् ।
पटकपटकको कारबाहीपछि पनि जगदम्बा स्टिलले न आफूलाई सुधार गरेको छ, न नियमन गर्नेले जगदम्बा स्टिलको उत्पादन नै बन्द गरेको छ ।
जीवनाथ घिमिरेले जगदम्बा स्टिलको छड र सिमेन्ट नकिन्न आग्रह गर्छन् । उनी लेख्छन्, ‘याेभन्दा धेरै पहिले नै जगदम्बा स्टिल/सिमेन्ट उच्च स्तरीय छैन भन्ने हल्ला आएकै हाे । सिंहापुरमा जमिनमुनि गाड्न पनि नहुने कवाडी यहाँ ल्याएर गुणस्तर बनाउँछ भन्ने हल्ला चलेकै हाे । अहिले किन गालि गर्नु ? उसका उत्पादन नकिन्नु नचलाउनु भइ गयाे नि ! वदमासलाई पैसा खुवाएर गुणस्तरीय छ भन्ने विज्ञापन गर्न लाएको हाे । राम्रो छैन त किन किन्नु ? उक्त कम्पनीले उत्पादन गरेको सामान प्रयोग नगर्न उनी सुझाउँछन् ।
अर्थ सन्जाल