

नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौंमा चौथों जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म ज्वेलरी फेशन शो आयोजना गरिने संघले जानकारी दिएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् ।
ज्वेलरी फेशन शोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले नेपाली पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिने संघले जनाएको छ ।
होटल याक एन्ड यतिमा बिहिबार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ्ग गर्न लागेका हुन् । निःशुल्क रुपमा प्रवेश पाइने जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रबार होटल याक एन्ड यतिमा १२: ३० मा हुने तय भएको छ । एक्स्पो बिहान १० देखि सांझ ७ बजेसम्म चालु रहने छ ।
अर्थ सन्जाल