अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’ बनाउनुपर्छः सचिव मरासिनी

  • अर्थ सन्जाल
  • २६ पुष २०७९, मंगलवार १९:५८


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रुपमा स्थापित गर्न आग्रन गरेका छन् ।

नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका मरासिनीले भने, ‘विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रुपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई सोही रुपमा विकास गर्न सक्नुपर्छ ।’

आज नेपाल आयल निगमले ५३औं वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले पेट्रोल पम्पहरुलाई पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको सेवा दिन पनि सम्बद्ध व्यवसायीसँग आग्रह गरे ।

आफू समितिमा आएको छोटो समय मात्रै भए पनि बाहिर रहँदा समेत निगमसँग नजिक रहेर काम गरेको बताउँदै अध्यक्ष मरासिनीले निगममा रहँदा आफूले यो क्षेत्रको थप सुधारका लागि पहल गर्ने बताए ।

सबै गतिविधि पारदर्शी रुपमा गर्दा पनि निगममाथि प्रश्न उठ्ने गरेको भन्दै उनले यसप्रति सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए ।

यद्यपि सुधारको विकल्प थप सुधारबाहेक अरु केही नभएको उनको भनाइ छ । उनले निगमको कारोबारलाई नगदमा आधारितभन्दा लगानीमा आधारित बनाउनुपर्नेमा समेत जोड दिए ।

यसका लागि सिर्जनशील सोचको जरुरत भएको भन्दै उनले आफू निगममा रहँदासम्म यसका लागि पहल गर्ने बताए ।

कार्यक्रममा कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले हाल पाइपलाइनबाट डिजेल मात्रै आइरहेकोमा पेट्रोललाई पनि पाइपलाइनबाटै ल्याउने प्रक्रिया अघि बढेको बताए ।

साथै पोखरालगायत देशका विभिन्न डिपोहरुमा निर्माणधीन भर्टिकल ट्याङ्कहरुको निर्माण अन्तिम चरणमा पुगेको र इन्टरप्राइजेज रिसोर्स प्लान (ईआरपी) सिस्टम पूर्ण कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निगमले एक वर्षमा करिब ५० अर्ब रुपैयाँको नोक्सानी व्यहोरेको भन्दै पछिल्लो समय मूल्य घट्दा केही राहत भए पनि अझै पनि भारतीय आयल कर्पोरेसनलाई ११ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै तिर्न बाँकी रहेको जानकारी दिए ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले राज्यले पेट्रोलियम पदार्थको मूल्यमा राजनीति गर्न नहुने बताए । ‘पेट्रोलियम पदार्थ राजनीतिक वस्तु हो कि आर्थिक वस्तु हो भनेर राज्यले छुट्याउनुपर्छ । राजनीतिक वस्तुको रुपमा प्रयोग गर्ने हो भने अनुदान दिनुपर्छ, आर्थिक वस्तुको रुपमा मान्ने हो भने यसमा राजनीतिकरण गर्नुहुन्न’, उनले भने ।

पेट्रोलियम ढुवानी राष्ट्रिय महासङ्घका महासचिव विश्व अर्यालले पनि पेट्रोलियम पदार्थको मूल्यलाई राजनीतिक लाभहानीको विषयको रुपमा हेर्न नहुने बताए । उनले डिजेलको मूल्यवृद्धिको असर बहुआयामिक हुने भन्दै कम्तीमा यसलाई सरकारले कर उठाउने माध्यमको रुपमा प्रयोग नहुनेमा जोड दिए ।

त्यस्तै, नेपाल एलपी ग्यास उद्योग महासङ्घका अध्यक्ष कुशकुमार मल्लीले एलपी ग्यासको मूल्यजस्तै उद्योगि तथा ढुवानीकर्ताको कमिसनलाई समेत स्वचालित बनाउनुपर्ने बताए ।

निगमले सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेको उनको गुनासो थियो । उनले भारतबाट आइरहेको एलपी ग्यासको गुणस्तरमा प्रश्न उठाउँदै यसलाई नियन्त्रण गर्न समेत आग्रह गरे ।

‘आईओसीले भरेर पठाउने ग्यास बुलेटमा कहिलेकाहिँ पानी भरिएर आएको देखियो । उद्योगहरुले रिफिल गर्दा यसको असर उपभोक्तासम्म पुग्यो,’ उनले भने, ‘यसमा निगम र गुणस्तर तथा नापतौल विभागको समेत ध्यान जाओस् ।’

वार्षिकोत्स आयोजित कार्यक्रममा निगमको वार्षिक प्रकाशन ‘प्रभात’ विमोचन गरिएको थियो । कार्यक्रममा ५१ हजार रुपैयाँ राशीको सुवर्णविक्रम स्मृति पुरस्कार तथा पाँच जनालाई २५/२५ हजार राशीको ‘निगम प्रोत्साहित पुरस्कार’ वितरण गरिएको थियो । कार्यक्रममा निगममा २० वर्षदेखि निरन्तर काम गर्दै आएका कर्मचारीलाई दीर्घसेवा पदक तथा विभिन्न खेलकुद प्रतियोगितामा विजयी भएका कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

Artha Sanjal
मिती : २६ पुष २०७९, मंगलवार १९:५८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘टाइगर कप’मा चम्केका रवि केसी

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.