

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमाले–माओवादीसहितका ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका उनले आज (मंगलबार) विश्वासको मत पाएका छन् ।
विश्वासको मत पाउन प्रचण्डले रोखका प्रस्तावमाथि छलफलपश्चत मत विभाजन हुँदा पक्ष अर्थात् हुन्छ भन्ने पक्षमा २६८ मत र विपक्ष अर्थात् हुन्न भन्ने पक्ष्मा मात्र २ मत परेको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमेर जबराले जानकारी दिए । प्रतिनिधिसभामा तत्काल कायम रहेको संख्याको बहुमत प्राप्त गरी विश्वासको मत पाएकामा प्रधानमन्त्री प्रचण्डलाई जबराले प्रधानमन्त्री प्रचण्लाई बधाई पनि दिए ।
पुस १० गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले मंगलबार सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिएका हुन् ।
अर्थ सन्जाल