कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन सम्पन्न भएको छ ।
बैंकको तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकहरुकोे माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरि आइतबार शाखाको उद्घाटन सम्पन्न भएको हो ।
सोसियल मिडिया, इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, एस्एमएस बैकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बराल बाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा उद्घाटन सम्पन्न भएको हो ।