

महिला लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार समयमा लाभांशसम्बन्धी सूचना प्रकाशित गरेको भन्दै यी दुई लघुवित्तलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।
नेप्सेले दुवै लघुवित्तलाई तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन निर्देशन पनि दिएको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
यी दुवैको कार्य धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाविपरीत देखिएकोले नेप्सेले ती दुवै लघुवित्तको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
Artha Sanjal
अर्थ सन्जाल