अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पाँच वर्षभित्र ६० लाखलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


सरकारले आगामी पाँच वर्षभित्र ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिकालाई सामाजिक सुरक्षामा समेट्ने योजना सरकारले बनाएको छ ।

स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा विस्तार गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पालिकामा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरणको प्रणाली सुरु गर्ने भएको छ ।

श्रमजीवीको तथ्याङ्क दुरुस्त राख्ने तथा आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने र पाँच वर्षको अवधिमा न्यूनतम ज्याला मासिक रु २५ हजार पु¥याउने योजना समावेश गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने तथा विभिन्न देशमा कार्यरत श्रमिकका सेवाका शर्त र सुविधा नेपाली श्रमिकको हितअनुकूल हुनेगरी नवीकरण तथा परिमार्जन गर्न विशेष पहल गर्ने सरकारको न्यूनतम कार्यक्रममा समावेश गरिएको छ ।

अनौपचारिक रूपमा वैदेशिक रोजगारीमा गएकालाई मुलुकको कानुनसँग मेल नखाने गरी बसिरहेकालाई वैधानिक हैसियतमा रूपान्तरण गर्न पहल गर्ने लक्ष्य राखिएको छ । वैदेशिक रोजगारमा गएकाको समस्या सुनुवाइका लागि हटलाइन सेवासहितको सहयोग सेल गठन गर्ने तथा उनीको उद्धारलगायत आवश्यक अन्य सहयोग गर्ने यसका लागि वैदेशिक रोजगार कल्याणकारी कोष सञ्चालन नियमावलीमा समयानुकूल सुधार गर्ने न्यूनतम कार्यक्रममा समावेश छ ।

खाद्य, आवास र खानेपानी जनताको मौलिक हकको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । ‘कोही भोकैपर्दैन, भोकले कोही मर्दैन’ को अवधारणा लागू गर्न कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने सत्ता साझेदार दलको कार्यक्रममा समावेश छ ।

त्यसका लागि सबै पालिकामा खाद्य भण्डार स्थापना गर्नेर सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने, कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एक लाख परिवार र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई खाद्य सुरक्षा प्रदान योजना अगाडि सारिएको छ ।

कुनै पनि नेपाली नागरिक सडक मानवको अवस्थामा रहन नपर्ने सुनिश्चित गर्ने तथा आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने तथा जनता आवास तथा सुरक्षित आवासका कार्यक्रम सञ्चालन गर्ने विषयलाई महत्वका साथ न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ ।

‘एक घर एक खानेपानीको धारा’ कार्यक्रम सञ्चालन गरी सबै नागरिकको घरमा स्वच्छ खानेपानी पु¥याउने एवं सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने विषयलाई कार्यक्रममा उल्लेख गरिएको छ । लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानीको विद्युत् डिमाण्ड शुल्क हटाउने कार्यक्रममा समेटिएको छ ।

Artha Sanjal
मिती : २५ पुष २०७९, सोमबार २१:३१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

ताजा समाचार

  1. ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी
  2. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  3. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  4. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  5. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  6. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  7. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.