

सञ्चारकर्मीलाई बाहिरै राखेर लक्ष्मी बैंक र सनराइज बैंकले मर्जरमा जाने प्रारम्भिक सम्झौता सम्पन्न गरेका छन् । मर्जर सम्झौतामा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल तथा संचालक दिनेश पौड्याल र सनराइजका तर्फबाट अध्यक्ष मोतीलाल दुगड र संचालक शारदा शर्माले हस्ताक्षर गरेका हुन ।
बैंकले सञ्चारकर्मीलाई बानेश्वरस्थित होटल एभरेष्टमा सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको भनि जानकारी दिए पनि अन्तिम समयमा नागपोखरीस्थित होटल मेरियटमा सम्झौता सम्पन्न गरेको हो । बैंकले सो कार्यक्रममा सूचना संकलनका लागि पुगेका सञ्चारकर्मीलाई भने बाहिरै राखेर गोप्य सम्झौता गरेको छ ।
प्रारम्भिक सम्झौता गर्ने कार्यक्रमको विषयमा सनराइज बैंकका कर्मचारी नै अनविज्ञ थिए । हामीले मर्जर सम्झौता हुने सम्बन्धमा बैंकका कर्मचारीलाई प्रश्न गर्दा सो विषयमा आफूलाई जानकारी नभएको जवाफ दिए ।
सञ्चारकर्मीलाई तपाईहरु एकैछिन बाहिर बस्नुस् पछि बोलाउछौँ भनेर भनियो । तर उनीहरुले सञ्चारकर्मी आँखा छलेर भित्रै गोप्य सम्झौता सम्पन्न गरे । यसरी सञ्चारकर्मीकै आँखा छलेर सम्झौता गरिनुको पछाडिको रहस्य त्यतिबेला खुल्यो जब सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले आफू अनुकुल हुनेगरी गठन गरेको पाइयो ।
सनराइज बैंकको मर्जर समितिमा दुगड ग्रुपका कर्मचारी रहेका छन् । अध्यक्ष दुगडले आफ्नै व्यापारिक समुह अन्तर्गतको विवेक अटो मोवाइल्स कम्पनीका कर्मचारी समेत रहेका दिपक नेपाललाई समितिको सदस्यमा राखेका हुन् । जसका कारण अहिले दुई बैंकबीचको मर्जरको वैधानिकतामाथि प्रश्न उठेको छ ।
दुवै बैंकबीच अहिलेलाई १:१ अनुपातमा मर्ज हुने सम्झौता भए पनि डीडीए रिपोर्टअनुसार स्वाप रेसियो निर्धारण गरिने सहमति स्रोतले जनाएको छ। यद्यपि स्वाप रेसियोमा भने तलमाथि हुन सक्ने मर्जर समितिका एक सदस्यले बताए ।
अर्थ सन्जाल