

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ले बैंक तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्य हालसम्म विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको बताएका छन् ।
काठमाडौँमा आज आयोजित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु लिमिटेडको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
“हालसम्म पाँच वाणिज्य, १० वटा विकास बैंक र छ वटा फाइनान्स गरेर २१ संस्था गाभिएर यो संस्था बनेको हो । ग्लोबल बैंक अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैंक भएको छ”, ढकालले भने।
बैंक अफ काठमाण्डुसँग एकीकृत कारोबार सुरु भएसँगै ग्लोबल आइएमई बैंकको कूल पुँजी कोष ५७ अर्ब, कूल निक्षेप चार खर्ब १० अर्ब, कूल कर्जा चार खर्ब, कूल सम्पत्ति पाँच खर्ब र एक हजार एक सय शाखा सञ्जाल रहेका छन् । नेपालभित्र सबै जिल्लासहित तीन वटा वैदेशिक सम्पर्क कार्यालय रहेको पनि बैंकले जनाएको छ ।
अर्थ सन्जाल