

एनएमबि बैंक लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको २७ औँ वार्षिक साधारणसभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१.६४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) पारित गरेको छ।
सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न वा मर्जरमा जाने प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरेको छ।
सभाले मर्जरका लागि गर्नुपर्ने सम्पूर्ण कामकारबाही गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गरेको छ।
अर्थ सन्जाल