बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ मेडिप्लस अस्पतालमा १०%सम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा छुट पाउने भएका छन् ।

बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पतालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौतापश्चात बैंकका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १०% छुट पाउनेछन् ।

ग्राहकले छुट उपयोग गर्नका लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालय, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *