अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

आज दुई वाणिज्य बैंकसहित ३ कम्पनीको वार्षिक साधारणसभा हुँदै, कुनको एजेन्डा के ?

  • अर्थ सन्जाल
  • २५ पुष २०७९, सोमबार ०८:१७


दुई वाणिज्य बैंकसहित तिन कम्पनीको वार्षिक साधारणसभा आज हुँदै छ । सोमबार एनएमबि बैंक, नेपाल एसबिआई र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण हुन लागेको हो ।

एनएमबि बैंक

बैंकको सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले गरेको निर्णयानुसार बैंकको २७औँ वार्षिक साधारणसभा आज पुस २५ गते हुँदैछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१.६४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न वा मर्जरमा जाने प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। मर्जरका लागि गर्नुपर्ने सम्पूर्ण कामकारबाही गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकको सञ्चालक समितिको बैठकले बैंकको २९औँ वार्षिक साधारणसभा आज (पुस २५ गते) बोलाएको छ । बैंकको सभा बिहान ११ बजेदेखि त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा हुनेछ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनश सेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित गर्नेछ।

सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन सञ्चालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते एक दिनका लागि बुकक्लोज गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४ औँ वार्षिक साधारणसभा आज (पुस २५ गते) बोलाएको छ । बैंकको सभा बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य सञ्चित मुनाफाबाट नगद लाभांश र सेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश छन्।

त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी स्वीकृत गर्नेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय पहिचान गर्ने, नेपाल राष्ट्र बैंकमा निवेदन दिने, डीडीए गर्न परामर्शदाता, मूल्यांकनकर्ता र लेखापरीक्षक नियुक्त गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १२ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Artha Sanjal
मिती : २५ पुष २०७९, सोमबार ०८:१७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ९० रुपैयाँसम्म पाउने

राष्ट्र बैंक २१ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.