अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नियमविपरीत सञ्चालन रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन

  • अर्थ सन्जाल
  • २४ पुष २०७९, आईतवार २१:०१


जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । आज प्रशासनले एक सूचना जारी गर्दै कानून विपरीत दर्ता नभएका, नवीकरण नभएका र सञ्चालन अनुमति नलिएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

केही क्रसर उद्योग विभिन्न आयोजना निर्माणका लागि राखिएका तर आयोजना सकिँदा पनि सञ्चालनमा रहेको हुँदा त्यस्ता उद्योग तत्काल बन्द गर्नुपर्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन कार्य भइरहेको र अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेको उद्योग पनि बन्द गर्नुपर्ने प्रशासनले जनाएको छ । सूचनामा कानूनी मान्यता प्राप्त उद्योगहरूले पनि सम्पूर्ण कागजात अनुगमका क्रममा पेश गर्नपर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

कैलाली प्रजिअ थापाको नेतृत्वमा शनिबार जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन तथा निरीक्षण गरिएको थियो । क्रसर उद्योगले नवीकरणलगायत मापदण्ड पालना नगरिएको भेटिएको थियो । कैलाली सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार शनिबार तीन क्रसर, बालुवा उद्योगको अनुगमन गरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका–११ मा रहेको शिवशक्ति प्रशोधन केन्द्रले बालुवाका लागि मात्र अनुमति लिएको छ । सो केन्द्रले गिट्टीसमेत प्रशोधन गर्ने गरेको पाइएको थियो । धनगढी उपमहानगरपालिका–११ मा कालिका कन्स्ट्रक्सनले ढुङ्गा, बालुवा सङ्कलन गरिएको भेटिएको थियो । वन र खोला नजिकै नदीजन्य पदार्थ सङ्कलन गरेर राखेको सो कम्पनिसँग अनुमतिपत्र थिएन ।

धनगढी–११ मै रहेको उच्चकोटी आरएमसी इञ्जिनीयरिङसँग पनि नदीजन्य पदार्थ सङ्कलन, ढुवानी गर्ने कागजपत्र थिएन । गृहमन्त्रालयले देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गर्न प्रशासनलाई परिपत्र गरेको थियो ।

Artha Sanjal
मिती : २४ पुष २०७९, आईतवार २१:०१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.