अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख कमाइ

  • अर्थ सन्जाल
  • २४ पुष २०७९, आईतवार १८:१७


विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले रु तीन सय तिरेर काठमाडौँमा मौरीपालन तालिम लिँदा सोच्नुभएको थिएन कि मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर।

वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौँ पुगेका उनको विदेश जाने सपना त पूरा नभए पनि मनग्य आम्दानी गर्ने सपना भने पूरा भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौँमा बस्ने क्रममा मौरीपालन तालिम सिकेका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफलभएका छन्।

मोहराजको नाम मौरीपालन व्यवसायकै कारण परिवर्तन भइ हिजोआज उनलाई गाउँलेले ‘महराज’ अर्थात् महको राजा भनेर बोलाउने गर्छन्।
उनको घर र आगन मौरीका आधुनिक घारले ढपक्कै ढाकिएको छ। झट्ट हेर्दा सङ्ग्रहालयजस्तै देखिने मौरीका घरबाटै वार्षिक रु १० लाख बराबरको आम्दानी हुँदै आएको छ। मोहराज अहिले मौरीपालनबाट जिल्लास्तरमा निकै चर्चितसमेत बन्नाका साथै मौरीपालन किसानका लागि अगुवासमेत बन्दै आएका छन्। विसं २०४५ मा मुढेघारबाट मौरिपालन गर्दै आएका उनले २०५२ सालयता आधुनिक घारमा मौरीपालन गर्दै आएका छन्।

मोहराजको घरमा अहिले एक सय ५० मौरीका घार छन् भने बागलुङ बजारको क्याम्पस रोडमा ५० घार छन्। “मौरीपालनमै जीवन ब्यथित गरियो अहिले ७० वर्ष काटियो, धेरैलाई मौरीपालनमा अग्रसर पनि गराइयो, अहिले धुल्लु र क्याम्पसगेटमा गरी दुई सय मौरीका घारमा मह उत्पादन भइरहेको छ, मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी हुँदै आएको छ” मेहराज भन्छन्, “वार्षिक १० क्विन्टल मह, उत्पादन र बिक्री भइरहेको छ, मौसम अनुकुल रहे अझै धेरै उत्पादन हुन्छ, मह बिक्रीका लागि आफूले बजार पुर्‍याउनै पर्दैन, अहिलेसम्म मागअनुसार मह पुर्‍याउनै सकिएको छैन।”

मौरीसहितको घारलाई नौ हजारमा बिक्री गरिँदै आइएको उनको भनाइ छ। यहाँ प्रतिकिलो मह रु एक हजार दुई सय पर्छ। मह उत्पादनभन्दा पनि घारसहितको मौरी बिक्रीबाट बढी आम्दानी गर्न सकिने मोहराजको अनुभव छ। “कहिले त एक वर्षमै मौरीसहित १०० घारसम्म बिक्री हुन्छ, अहिले त्यति राम्रोसँग घार बिक्री भइसकेका छैनन्, विभिन्न जिल्लामा अनुदानमा घारसहितको मौरी बिक्रीका लागि यहाँबाट कृषि ज्ञान केन्द्रले खरिद गरेर लैजान्छ” उनी भन्छन् “आफ्नो घरमा उत्पादन भएको घारसहितको मौरी गुल्मी, स्याङ्गा, काठमाडौँ, चितवनलगायतको स्थानमा बिक्री हुने गरेको छ, मह भने बागलुङ बजारमा बिक्री हुन्छ।” उपयुक्त याममा एउटै घारबाट एक पटकमा सात देखि आठ केजीसम्म मह काढ्न सकिने बताउँदै मह प्राय कात्तिक, मङ्सिर, फागुन र जेठमा राम्रो हुने मोहराज जानकारी दिन्छन्।

स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह केही घरबाटै र केही बागलुङ बजारबाट बिक्री हुने गरेको छ। बागलुङ बजारमा शर्माको बुहारी राधा र धुल्लुमा शर्मिलाले मौरीपालनमा सहयोग गरिरहेका छन्। उत्पादन भएको मह उपहारस्वरुप जापान, अमेरिका, अष्ट्रेलिया बेलायतलगायत मुलुकमासमेत पुग्ने गरेको उनको भनाइ छ। यहाँ रहेका विभिन्न वनस्पति र फलफूलका रसबाट बनेको प्राङ्गारिक मह भएकाले धेरैले रुचाउने गरेको बुहारी शर्मिलाले जानकारी दिइन।

“बुबाको मेहनत निकै छ, अहिले त मौरीपालन गर्न हामीलेसमेत सिकिसेका छौँ, बुबालाई सहयोग पुर्‍याउनाका साथै तालिमसमेत दिने भइसकेकी छु” उनी भन्छिन्, “बुबाकै प्रेरणाका कारण मौरीपालनमा आफू समेत अग्रसर भएकी छु, विभिन्न मौरीपालन तालिममा समेत आफू सहभागी भइसकेको छु।”

विदेश जाने ध्याउन्नमा विसं २०४५ मा काठमाडाँै भौतारिएका मोहराजले यससम्बन्धी तालिम लिएपछि विदेश नजाने गरी घर फर्किएका थिए । “विदेश जानका लागि विसं २०४५ मा २०्२५ हजार सिध्याएर पनि सफल हुन नसक्दा अन्त्यमा निजी संस्थाले मौरीपालन तालिम सिकाएको पत्तो पाएपछि काठमाडौँमा रु तीन सयमा तालिम सिकेर घर फर्केपछि मौरीपालन थालँे” उनी भन्छन्।

धुल्लु गाउँमा मोहराजको मौरीपालन देखेर अन्य स्थानीयवासीले समेत घरमै खानका लागि भए पनि मौरीपालन गर्न थालेका छन्। मौरीपालनमा उनको रु पच्चीस लाख लगानी भइसकेको । मोहराजले व्यवसायको सुरक्षाका लागि घर वरपरको जग्गालाई पर्खालसहित तारबार पनि गरेका छन्। यो व्यवसाय जिल्लाका अन्य मौरीपालन व्यवसायीलाई समेत प्रेरणाको स्रोत बनेको छ। रासस

Artha Sanjal
मिती : २४ पुष २०७९, आईतवार १८:१७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘टाइगर कप’मा चम्केका रवि केसी

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.