

कृषि विकास बैंक लिमिटेडबाट संस्थापित, प्रवर्धित तथा व्यवस्थित कोष व्यवस्थापन कम्पनी लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कोषको वार्षिक सभा हिजो (पुस २३ गते शनिबार) कृषि विकास बैंक लिमिटेडको मुख्य कार्यालयको सभाहलमा भव्यतापूर्वक सम्पन्न भएको हो ।
कोष व्यवस्थापन कम्पनीका अध्यक्ष तथा कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रताप सुवेदीको अध्यक्षतामा बसेको उक्त साधारणसभामा उक्त कम्पनीका संचालकहरु मीनराज पोखरेल, सुशिल हुमागार्इं, सूर्य प्रकाश हाडा, दिल बस्नेत तथा उक्त कोषका महाप्रबन्धक मनोजभक्त आचार्य, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधिहरु तथा अधिकांश सेयरधनीहरुको उपस्थिति रहेको थियो ।
कम्पनीका अध्यक्ष प्रताप सुवेदीबाट पानसमा बत्ती बाली उद्घाटन गरिएको उक्त साधारण सभामा कम्पनीका अध्यक्षले पेश गरेको आ.व. २०७८।७९ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरण माथि शेयरधनीहरुको तर्फबाट कृषि विकास बैंक लि. का प्रतिनिधि तथा बैंकका कम्पनी सचिव हिमलाल पौडेल, कोषका पूर्व महाप्रबन्धक तथा शेयरधनी डा. राजन थापा र सेयरधनी जनार्दनबाबु कट्टेलले आ–आफ्नो धारणा राख्नुका साथै कम्पनीको प्रगति तथा साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।
सेयरधनीहरुबाट उठाइएको जिज्ञासाको जवाफका साथै कोषको सबल पक्षहरु तथा कोषले आगामी दिनमा गर्न लागेको कार्यहरुको विषयमा अध्यक्षले आफ्नो धारणा राखेका थिए । उक्त साधारणसभा कार्यक्रमकोसंचालन कम्पनीका सचिव व्यास कुमार शर्माले सम्पन्न
गरेका थिए ।
छैटौं साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, कम्पनीको वित्तीय विवरण अनुमोदन गर्नुका साथै कम्पनीको पबन्धपत्र र नियमावलीमा संशोधन समेत गरेको थियो ।
अर्थ सन्जाल