अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्रविधिसँग कृषि जोडेर राम्रो आम्दानी

  • अर्थ सन्जाल
  • २२ पुष २०७९, शुक्रबार १९:४१


विश्व प्रविधिमैत्री बनेको छ। विभिन्न प्रविधिको प्रयोगले दैनिक जीवनयापनलाई सहज बनाउने भएकाले प्रायःजसो मानिसले अहिले प्रविधिको बढी प्रयोग गर्दछन्। नेपालमा पनि विभिन्न प्रविधि भित्रिसकेका छन्। नेपालका पूर्वीक्षेत्रमा प्रविधिको अधिकतम प्रयोग गरी मानिसले आर्थिक कारोबारहरू गरिरहेका छन्। तर सुदूरपश्चिममा भने प्रविधिको खासै प्रयोग भएको देखिँदैन।

सुदूरपश्चिमका सात जिल्ला पहाडी क्षेत्रमा पर्दछन्। त्यहाँ प्रविधिका बारेमा अझै जानकारी नभएकाले पनि हुन सक्दछ, सुदूरपश्चिम प्रविधिको मामिलामा कमजोर छ। प्रविधिमा कमजोर सुदूरपश्चिममा कृषिमा प्रविधि जोडिएको छ भन्ने सुन्दा भने पत्यार नलाग्न सक्छ। हुन पनि हो, भौतिक पूर्वाधार निर्माण होस् या अन्य कार्यमा यहाँका मानिस स्वयं खटिन्छन्, प्रविधिको प्रयोग गर्दैनन् भने कृषिमा प्रविधि प्रयोग गर्ने त कुरा नै आउँदैन। तर कृषिमा प्रविधि जोडेर सुदूरपश्चिमकै एक किसानले करोडौँ खेलाइरहेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–५ का रबिनकान्त पन्तले अहिले कृषिबाटै करोडौँको कारोबार गरिरहेका छन्। उनले प्रविधिको भरपुर प्रयोग गरेर कृषि कार्य गरी वार्षिक करोडौँको कारोबार गरिरहेका छन्। प्रविधिमैत्री कृषि बनाउन भने उनले लगानी पनि करोडौँ गरेका छन्। उनले तीन ठाउँमा विभिन्न फार्म सञ्चालन गरिरहेका छन्, जसमा उनले करिब ४० करोड लगानी गरेका छन्। त्यसमध्ये करिब १४ करोड जति बैंकबाट ऋण लिएको र बाँकी आफ्नै रहेको उनले बताए। कैलालीकै गोदावरी नगरपालिका–१ बिजौरामा पाँच बिघा जमिनमा उनले कृषि काम गरिरहेका छन्।

त्यसैगरी फूलबारीमा फार्म हाउस एग्रो भनेर २३ बिघामा कृषि काम गरिरहेको र खप्तड डेरी इन्डस्ट्रिज पनि सञ्चालन गरिरहेको उनले बताए। बिजौरामा दुई बिघा जमिनमा उहाँले माछापालन गरेका छन्। यहाँ प्रविधिको उच्चतम प्रयोग गरिएको छ। माछाको संरक्षण र स्टोरका लागि पनि उनले प्रविधिको प्रयोग गरेका छन्। स्नातकसम्म कमर्स र त्यसपछि समाजशास्त्रमा स्नातकोत्तर गरेका पन्तले बिजौरामा करिब १० लाख माछाका भूरा राख्ने गरी माछापोखरी बनाएको बताए। त्यो पोखरीका माछालाई स्टोर गर्नका लागि दुईवटा फाइबरको ट्याङ्क पनि निर्माण गरेको उनले बताए। पन्तले आवश्यक परेका बेला किसानलाई र ग्राहकलाई सहजै माछा उपलब्ध गराउने उद्देश्यले उक्त ट्याङ्क निर्माण गरेको बताए।

उनले माछापालन गर्ने ठूला व्यापारीहरू नभएकाले र बजारको प्रचुर सम्भावना भएकाले माछापालनलाई बढी महत्त्व दिएको बताए। ‘माछाको उत्पादन र बजारमा ठूलो खाडल छ, यो क्षेत्रमा माछाको ठूलो व्यापारी पनि छैनन्’, उनले भने, ‘माछामा बजारको सम्भावना पनि प्रचुर छ, कैलाली र कञ्चनपुरले प्रदेशका सबै जिल्ला भ्याउनुपर्ने हुन्छ, त्यसैले यसैलाई रोजेको हुँ।’ उनले सिजनमा माछाको अभाव हुने र सिन्डिकेट लाग्ने भएकाले प्रविधिको प्रयोग गरेको बताए। उनले माछापालनमा आवश्यक विद्युत्‌लाई सोलार प्रविधिबाट चलाएका छन्। सोलारबाट चल्ने अटोमेटिक बोरिङ, लाइटलगायतका वस्तुहरु उनले उक्त कृषि फर्ममा जडान गरेका छन्। प्रविधिको प्रयोगले कृषि कार्यमा सहजता र सहुलियत प्रदान गर्ने उनको विश्वास छ।

लामो समयदेखि विभिन्न परियोजनामा कृषिसम्बन्धी काम गरेको अनुभवले गर्दा कृषि काम गर्ने उत्प्रेरणा मिलेको उनी बताउँछन्। ‘धेरै ठाउँमा कृषिसम्बन्धी काम गरेँ, त्यसबाट अनुभव प्राप्त गरेपछि अरूमा काम गर्नुभन्दा आफैँले किन सुरुआत नगर्ने भनेर कृषिमा हात हालेको हुँ’, उनले भने, ‘अहिले फूलबारीमा फार्महाउस एग्रो भनेर २३ बिघामा कृषि काम गरिरहेको छु भने यहाँ पाँच बिघा जमिनमा कृषि काम गरिरहेको छु।’ करिब १५ वर्षदेखि कृषि कर्म गरिरहेका पन्तले कृषिमा डेरी सञ्चालन गर्ने, कृषि प्रविधि, कृषि बजारीकरण गर्ने मात्रै नभई कुखुरा, माछा तथा गाईपालन पनि गरिरहेका छन्।

कृषिमा प्रविधि जोड्न भने विभिन्न देशको भ्रमण, गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभव र अध्ययनले सिकाएको उनले बताए। उनले पानीको प्रेसर बढाउन घरमै प्रेसर सिस्टम जडान गरेका छन् भने माछाका लागि जमिनको सतहबाट अक्सिजन दिन सक्ने मेसिन जडान गरेका छन्। त्यसका साथै माटोबिना घाँस उमार्न सकिने हाइड्रोफोनिक ग्रास फुडरको प्रविधि जडानको पनि उनले तयारी थालेका छन्। कृषिलाई प्रविधिसँग जोडे उत्पादनमा पनि वृद्धि हुने र कार्य गर्नमा पनि सहजता मिल्ने उनको भनाइ छ।

कृषि कार्यबाट प्रत्यक्षरूपमा एक सयभन्दा बढी मानिसलाई रोजगारी दिएको उनी बताउँछन्। उनका अनुसार उनका सबै फार्म प्रत्यक्ष रूपमा एक सय १५ जनाले कर्मचारीका रूपमा काम गरिरहेका छन्। उनले अप्रत्यक्ष रूपमा किसानलाई पनि जोड्दा रोजगारी पाउने मानिसको सङ्ख्या बढी हुने बताए। उनका अनुसार बैंकको ऋण तिर्ने र कर्मचारीलाई सेवासुविधा दिने काम फार्महरुको उत्पादनबाट भइरहेको छ।

करोडौँको कृषि काम गरिरहे पनि सरकारी निकायबाट भने अनुदान नपाएको उनले गुनासो गरे। ‘मैले कृषिमा करोडौँ लगानी गरेको छु, तर अहिलेसम्म चानचुन रु पाँच लाख जति अनुदान पाएको छु’, उनले भने। उनले सरकारले अनुदानलाई अन्तिम उत्पादनसँग जोड्नुपर्ने बताए। उनका अनुसार सरकारले प्रस्ताव लेखेको कारणले नभई कृषकहरूले उत्पादन गरेको वस्तुका आधारमा अनुदान दिनुपर्दछ। त्यसो गरे कृषि काम गर्ने सबै कृषकले सरकारको सहयोग पाउने उनको भनाइ छ। उनले युवाहरु काम नभएर बाहिर जाने कुरा व्यर्थ भएको पनि बताए। रासस

Artha Sanjal
मिती : २२ पुष २०७९, शुक्रबार १९:४१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने

ताजा समाचार

  1. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  2. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  3. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  4. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  5. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  6. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण
  7. रास्वपाको सभापतिमा पुनः रवि लामिछाने

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.