शेयर बजारमा भारि अंकको वृद्धि, कारोबार रकम घट्यो

साताको कारोबारको अन्तिम दिन  नेपाल स्टक एक्सचेञ्ज नेप्से उच्च अंकले बढेको छ ।

आज नेप्से ३२.९६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब २६ विन्दुमा रोकिएको हो । बुधबार नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको थियो । आज कारोबार रकममा भने घटेको छ । ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको छ । बुधबार ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुप पावर कम्पनी र बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी रहेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *