अर्थ सन्जाल
८ चैत्र २०७९, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
८ चैत्र २०७९, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

लेखनाथवासीको आशा, विमानस्थल बन्यो अब विकास होला कि ?

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा फेवाताल र लेकसाइड नछुट्ने गन्तव्यमा पर्छन् ।

तर नजिकैको उत्तिकै सुन्दर र पर्यटकीय गन्तव्य बनेको लेखनाथमा भने अपेक्षाकृत पर्यटक पुगेको भने छैन । लेखनाथ नगरपालिका २०७३ फागुन २५ गते पोखरासँग जोडिएर देशकै ठूलो पोखरा महानगर बनेको थियो । पोखरा महानगरपालिमा समेटिएसँगै यस क्षेत्रको धेरै विकास हुनेमा आशावादी रहेका स्थानीयहरु सोही अनुरुपको पूर्वाधार विकास नहुँदा र बत्ति मुनीको अँध्यारोमा रहेको गुनासो गदै आएका छन् ।

यद्यपि हालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पूर्वाधार विकासमा सरकारले ध्यान दिएर पर्यटकीय गतिविधि बढाउन सकेमा लेखनाथको समग्र विकासमा भूमिका खेल्ने विश्वास लेखनाथबासीको छ ।

‘सात तालको बाटिका शहर’ परिचय बनाएको लेखनाथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रको पूर्वाधार विकासको खाँचो रहेको बताउँछन् लेखनाथ होटल एशोसियशनका अध्यक्ष विरभद्र कँडेल ।

‘लेखनाथ असाध्यै सुन्दर गन्तव्य हो, प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक हरेक कुराले भरिपूर्ण लेखनाथ सधै ओझेलमा छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि भने यस क्षेत्रको पूर्वाधार विकासमा सरकारको ध्यान जान्छ कि भन्ने आशा लिएका छौ ।’

उनका अनुसार पहिले सञ्चालित विमानस्थलबाट लेकसाइड नजिक पर्दथ्यो भने अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइड र लेखनाथको बेगनास तालसम्मको दूरी उस्तै भएकाले पर्यटक लेखनाथसम्म आउने अपेक्षा गरिएको छ ।

लेखनाथमा रहेका रुपा, वेगनास, गुँदे, न्यूरेनी, दिपाङ, खास्टे, मैदी जस्ता रमणीय तालका साथै यहाँबाट आठ हजार मिटरभन्दा अग्ला धौलागिरि, अन्नपूर्ण, मनास्लु जस्ता हिमश्रृंखलाहरु देख्न सकिन्छ । त्यति मात्रै होइन, प्रिन्स चार्ल्स ल्र्स रोयल ट्रेक , चरा पर्यटन, लेखनाथको जन्मस्थल अर्घौ अर्चले, पचभैया, देउराली, चिडियाखाना, वराह क्षेत्र जस्ता निकै महत्व बोकेका पर्यटकीय गन्तव्यसँगै सुन्दर दृश्यवलोकन गर्न सकिने यस क्षेत्रको विकासमा तीनै तहको सरकारले जोड दिनुपर्ने स्थानीयहरुको भनाइ छ ।

विसं २०३७ मा बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेपछि यो बाटो रोयल ट्रेकका रूपमा चर्चित भए पनि यसको प्रवद्र्धन हुन नसकेको उनको भनाइ छ । विमानस्थल सञ्चालनसँगै लेखनाथ आसपासको ग्रामीण पर्यटन प्रवद्र्धन पनि गर्न सकिने उनको भनाइ छ ।

लेखनाथ विकास मञ्चका संयोजक एवम सामाजिक अभियन्ता सन्दीप पौडेल साविक लेखनाथलाई पोखरासँग जोडेर महानगर बनाउँदा विकासका धेरै आश्वासन पाएको तर पछिल्लो समय विजयपुर खोला वारीका समस्यामा नेतृत्वले कहिल्यै ध्यान नदिएको गुनासो गरे ।

‘हामीले धेरै आश्वासन पायौँ, पोखरा–२६ सिलिङ्गेमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने भनेर पाँच सय रोपनी जग्गा छुट्टाएर राखिए पनि योजनामा समेटिएन’, उनले भने, ‘बेगनास तालको बसपार्क, प्रदेशस्तरी बसपार्क, सातताल जोड्ने योजना, धार्मिक पर्यटन प्रवर्द्धनका कैयन विषय भए पनि योजनामा परेनन् ।’

साथै तालचोक–बेगनास तालसम्म पर्ने बाटोको दुराबस्थाले पनि पर्यटकलाई सास्ती भएको, पूर्वाधार विकासको अभावमा यस क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको र पर्यटकको बसाइ लम्बाउने गतिविधि हुन नसकेको गुनासो गरे ।

उनका अनुसार बिदाका दिन तीन हजारदेखि पाँच हजारसम्म र सामान्य दिनमा एक हजारको हाराहारीमा बेगनास र रुपा लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक आउने भएपनि बेलुका भने पोखरा नै फर्कने गरेका छन् ।

जग्गाको मुआब्जा दिने गरी रुपातालमा बाँध बाँधेर करिब ६ अर्बको वृहत परियोजना एकीकृत रुपाताल विकास समितिमार्फत् भइरहेको र करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको पनि उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि तत्काल केही समस्या देखिए पनि यसको समाधानसँगै समग्र पोखरा र गण्डकी प्रदेशकै पर्यटन विकास हुनेमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले विश्वास व्यक्त गरे ।

‘नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय बजार जोड्ने पहुँचको मार्ग बन्यो, पूर्वाधार बनेपनि सञ्चालनका चुनौती छन्, हवाई रुट सम्झौतापछि समस्या समाधान हुन्छ’, भण्डारीले भने, ‘पोखरा अन्तर्राष्ट्रिय बजारसँग जोडिएपछि र पर्यटक आवागमन स्वतः बढ्नेछ त्यसैले अब थप पूर्वाधारमा ध्यान दिनुपर्छ ।’

उनले विमानस्थल सञ्चालनमा आएसँगै सार्क राष्ट्रका साथै चीनका दक्षिण भेगका शहर, थाइल्याण्ड, हङकङ, मलेसिया जस्ता गन्तव्यमा न्यारो बडी विमानमार्फत् जोड्न सकिने र यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे ।

‘डुङ्गा चढ्न मात्र बेगनास र रुपा किन जाने रु वेगनासताल वरिपरि फुट ट्रेल, हाइकिङ रुट, विपश्यना ध्यान केन्द्रको प्रचार(प्रसार होस्, जुलोजिकल पार्क विकास होस्’, उनले भने । लगानीमैत्री वातावरण बनाएर वृहत विकासका लागि एकीकृत सोच र धारणाको खाँचो औल्याउँदै प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै मानिसको जीवनस्तर उकास्ने पर्यटकीय गतिविधिको खोजी अब लेखनाथमा हुनुपर्ने उनको धारणा छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथको पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘सुन्दर र शान्त वातावरण मनपराउने पर्यटकका लागि लेखनाथमा प्रशस्त सम्भावना छन्, सडक पहुँचदेखि थप पूर्वाधार विस्तारमा जोड दिनुपर्छ ।’

उनले विजयपुल विस्तारसँगै पोखरा मुग्लिङ सडक खण्ड विस्तार, सातताल जोड्ने सहज पहुँचमार्ग तत्काल आवश्यकता र विकासमा साझेदारीता आवश्यकता रहने भएकाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिए निजी क्षेत्र लगानी गर्न तयार र उत्साहित रहेको बताए ।

आत्रेयले पछिल्लो समय बेगनासताल किनारको माझीकुना साथै रुपा तालमाथिको झोलुङ्गे पुल, सुन्दरी डाँडा र पचभैया, बराह क्षेत्र पर्यटकको रोजाइमा परेकाले यस्तै पूर्वाधार विकास गरेर पर्यटकलाई थप आकर्षित गर्न सकिने बताए ।

पर्यटकीय विकाससँगै यस क्षेत्रको उत्पादन, प्रवर्द्धन र बजारीकरणका लागि सङ्घले वर्षेनि महोत्सव गर्दै आएको पनि जानकारी दिए । उनले पोखरा शहरमा शहरीकरणसँगै ट्राफिक जाम निकै बढ्दै गएकाले अब प्राकृतिक शान्त वातावरण चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि लेखनाथ एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त समेत व्यक्त गरे । रासस

Artha Sanjal
मिती : २२ पुष २०७९, शुक्रबार १९:२५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकारमा विशेष छुट

निफ्राका संचालकबाट आइएमई ग्रुपका ढकालले दिए राजिनामा

आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला

ताजा समाचार

  1. अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर
  2. महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकारमा विशेष छुट
  3. निफ्राका संचालकबाट आइएमई ग्रुपका ढकालले दिए राजिनामा
  4. आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला
  5. सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर
  6. एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य
  7. जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै

विजनेश फोकस

स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.