

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेको सांसद पद यथावत रहने भएको छ ।
सर्वोच्चको यो आदेशसँगै लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भए पनि उनको उपप्रधान र गृहमन्त्री पद समेत कायम रहनेछ ।
कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासमा रिट निवेदनको सुनुवाइ भएको थियो ।
अमेरिकी नागरिकता लिएका लामिछानेले त्यताको नागरिकता त्यागेपनि फेरि नेपाली नागरिकता नलिएकाले उनको नागरिकता कायम नरहेको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने नेपाली नागरिक नै नरहेको तर्क गर्दै सांसद पद खारेजीको माग गरेका थिए ।
अर्थ सन्जाल