

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सम्पूर्ण सेवा ४ दिनसम्मका लागि बन्द हुने भएको छ । यी दुई बैंकले मर्जरपछि पुस २७ गतेदेखि एकिकृत कारोबार गर्दैछन् । त्यसैले, डाटा माइग्रेसनका लागि चार दिनसम्मको लागि सम्पूर्ण सेवा बन्द गरीने बैंकले जनाएको छ ।
आज शुक्रबार राती १० बजेदेखि पुस २६ गते बिहान १० बजे मंगलबारसम्म यी दुई बैंकका सम्पूर्ण सेवाहरु (बैंकको प्रधान कार्यालय, शाखा कार्यालय तथा एक्सेन्सन काउन्टरहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु) एटिएम, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग समेत बन्द हुने बैंकले जानकारी गराएको छ ।
Artha Sanjal
अर्थ सन्जाल