

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकको मंसिर २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ६ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।
बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबिच मर्जर पश्चात पुस २५ गतेबाट ग्लोबल आइएमई बैंकको नाममा एकिकृत कारोबार सुरु हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल