


ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बैंकिङ कारोबार अवरुद्ध हुने भएको छ। मर्जर प्रक्रिया सकेर आगामी पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गर्नका लागि दुई बैंकको बैंकिङ कारोबार अवरुद्ध हुने भएको हो । ग्लोबल आइएमई बैंकको २ दिन र बैंक अफ काठमाण्डूको ३ दिन सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने भएको हो ।
यी दुवै बैंकले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नाममा एकीकृत कारोबार सुरु गर्दैछन्। एकीकृत कारोबार सुरु गर्न डाटा माइग्रेसन प्रयोजनका लागि ग्लोबल आइएमईको पुस २३ गते र पुस २४ गते दुई दिन र बैंक अफ काठमाण्डूको पुस २२ गतेदेखि पुस २४ गतेसम्म तीन दिन सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने भएको हो।
यो अवधिमा ग्लोबल आइएमई बैंकको मोबाइल-इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, एटीएम, एजेन्टमार्फत हुने रेमिट्यान्स सेवा भने यथावत सञ्चालनमा रहने बैंकले जनाएको छ।
उता बैंक अफ काठमाण्डूको भने सम्पूर्ण बैंकिङ सेवाका साथै बैंकको डेबिट कार्ड, अन्तर्राष्ट्रिय कार्ड, ई–कम कार्ड, एटीएम, बीओके स्मार्ट, बीओके क्लिकबाट कारोबार पनि अवरुद्ध रहनेछ।

अर्थ सन्जाल