

गरिमा विकास बैंकको’ १६औं वार्षिक साधारण सभा आज (शुक्रवार) हुँदैछ । बैंकको सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा, कास्कीमा बिहान १० बजे सुरु हुनेछ ।
सभाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले यस कम्पनीले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरेको छ । यसको आधारमा पुस ७ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
Artha Sanjal
अर्थ सन्जाल