अर्थ सन्जाल
१८ चैत्र २०७९, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ चैत्र २०७९, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

साल्ट ट्रेडिङ हडप्न लक्ष्मी ग्रुप सक्रिय,महँगो मूल्यमा किन किन्यो लाखौं कित्ता सेयर ?

  • अर्थ सन्जाल
  • २१ पुष २०७९, बिहीबार १९:०४


सरकारी स्वामित्वमा रहेको सार्वजनिक कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन (एससीटी) हत्याउने प्रयासमा व्यपारिक समूह लक्ष्मी ग्रुप सक्रिय रहेको पाइएको छ । सामान्य मूल्य रहेको कम्पनीको शेयर हजारौमा लक्ष्मी ग्रुपले खरिद गरेपछि यस कम्पनीको निहित स्वार्थ बाहिर आएको हो । हालै मात्र लक्ष्मी ग्रुपले साल्ट ट्रेडिङको प्रतिकित्ता १० हजार रुपैयाँभन्दा बढी मूल्यमा लाखौं कित्ता सेयर खरिद गरेको छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ हुन् ।

सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन हरेक वर्ष राम्रो मुनाफा आर्जन गर्दै आएको कम्पनी हो । वार्षिक रुपमा कमाउने नाफासँगै साल्ट ट्रेडिङको देशका विभिन्न स्थानमा जग्गासमेत रहेको छ । यी सबै हत्याउने उद्देश्य अनुरुप लक्ष्मीले साल्ट ट्रेडिङमा लगानी बढाउँदै लगेको स्रोतको दाबी छ । ‘लक्ष्मी ग्रुप विस्तारै साल्ट ट्रेडिङ कर्पोरेशन हत्याउने खेलमा लागेको देखिन्छ’, उच्च स्रोतले भन्यो, ‘त्यसैका लागि ट्रेडिङको सेयरमा लक्ष्मी ग्रुपले करोडौं लगानी गरिसकेको देखिन्छ ।’

काठमाडौंको कालीमाटी, मकवानपुरको हेटौंडा, बाँकेको नेपालगंज, पर्साको वीरगंज लगायतका विभिन्न ठाउँमा टेडिङको अर्बौं मूल्यका जग्गा छन् । ती जग्गा लक्ष्मी ग्रुपको निशानामा रहेको स्रोतको दाबी छ ।

वार्षिक रुपमा राम्रो मुनाफा आर्जन गर्दै आएको यस कम्पनी हडप्न अहिले व्यापारिक समूह लक्ष्मी ग्रुप लागिपरेको देखिएको हो । मीठाई, दुध, प्लास्टिक, अटोमोबाइल, इलेक्ट्रोनिक्स, स्टिल र अन्य विभिन्न क्षेत्रमा लगानी गर्दै आएको लक्ष्मी ग्रुपले पछिल्लो पटक सरकारी स्वमित्वको कम्पनी नै हडप्ने उद्देश्य राखेर साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमा लगानी गरेको स्रोतको दाबी छ ।

संचालकमा लक्ष्मी ग्रुपकै बर्चश्व

अहिले साल्ट ट्रेडिङको संचालकमा र ब्यबस्थापनमा समेत लक्ष्मी ग्रुपकै बाहुल्यता रहेको स्रोत बताउँछ । ‘विस्तारै साल्ट ट्रेडिङ हडप्ने योजना अनुरुप संचालकमा लक्ष्मी ग्रुपका तीन जना छिरिसकेका छन्’, स्रोत भन्छ, ‘अब सबै कुरा सेटिङमा अघि बढ्ने प्रस्ट छ ।’ लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठका छोरा अन्जन श्रेष्ठ आफै साल्ट ट्रेडिङको संचालक बनेका छन् ।

के भन्छ त लक्ष्मी ग्रुप ?

लक्ष्मी ग्रुपले आफू साल्ट ट्रडिङ कर्पोरेशनको सेयरहोल्डर भए पनि आरोप अस्वीकार गरेको छ । लक्ष्मी ग्रुपका निर्देशक अञ्जन श्रेष्ठले आफूहरुसँग पव्लिक सेयर रहेको स्वीकार गरेका छन् ।

तर आफूले पव्लिक सेयर खरिद गर्दै हडप्न खोजेको भन्न नमिल्ने उनको भनाइ छ । ‘पव्लिकमा भाको सेयर त जसले नि किनिहाल्छ नी । हो हामीले सेयर किनेका हौ, हामी सेयर होल्डर पनि हो ’, श्रेष्ठले भने, तर ‘पव्लिक सेयर किन्दा हडप्न खोजेको भन्न मिल्छ त ?’ उनले प्रश्न गरे।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको स्थापना र उदेश्य

दैनिक उपभोग्य वस्तु नूनको स्रोत नभएको नेपालका सबै नागरिकलाई नुन पुर्‍याउने उद्देश्यले २०२० साल भाद्र २७ गते स्थापना भएको कम्पनीले अहिले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका मलसमेत बिक्री वितरण गर्दै आएको छ ।

तत्कालिन अवस्थामा यातायातको दृष्टिकोणले समेत सम्पूर्ण जनतालई नून पु–याउनु ठूलो चुनौतीको रूपमा रहेकाले नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित र नियमित गर्न तत्कालिन सरकारको स्वामित्वमा रहेन गरी त्यसबेला नूनको कारोबारमा लागेका मुख्य व्यापारीहरूलाई समावेश गरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्थापना गरिएको थियो ।

यस स्वमित्वोसंस्थानले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग, नेपालकै प्रथम खाद्य उद्योग, नेपाल वनस्पति घ्यू उद्योग, हिमालय खाद्य एवं प्याकिङ उद्योग, नेशनल फाईनान्स, सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाहरूको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको थियो । काठमाडौंको कालिमाटीमा केद्रीय कार्यालय रहेको यस कम्पनीमा सर्वसाधारणको ७९ प्रतिशत तथा सरकारको २१ प्रतिशत लगानी रहेको छ ।

 

Artha Sanjal
मिती : २१ पुष २०७९, बिहीबार १९:०४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड

खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित

रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा

मिटरब्याजी पीडित बालुवाटार प्रवेश

ताजा समाचार

  1. मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड
  2. खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित
  3. रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा
  4. मिटरब्याजी पीडित बालुवाटार प्रवेश
  5. चितवन-२ मा एमालेवाट को बन्दैछन् उम्मेदवार ?
  6. कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता
  7. कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच सम्झौता

विजनेश फोकस

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.ल...

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसन...

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, कसरी हेर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं साधारणसभा सम्...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.