अर्थ सन्जाल
८ चैत्र २०७९, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
८ चैत्र २०७९, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिएकी छन्।

जुत्ता उत्पादक सङ्घ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्दै उहाँले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दीगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले बेहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने धारणा राखिन्। उनले भनिन्, “आजको प्रतिस्पर्धी युगमा उत्पादनको विविधीकरण र उपभोक्ताको रुचिलाई ध्यानमा दिएर गुणस्तरीय उत्पादनसहित ब्राण्डिङ गर्नसकेको खण्डमा नेपाली उत्पादनमार्फत विश्व बजारबाट लाभ हासिल गर्न सकिन्थ्यो, त्यसैले स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक छ ।”

नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन जुत्ता चप्पल उद्योगले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले सरकार र निजी क्षेत्रबीच साझेदारीता अभिवृद्धिका साथ नेपाली उत्पादन प्रवद्र्धन र निर्यातमा मेला उपयोगी हुने विश्वास व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन सरकारले विशेष ध्यान पुर्याउनुपर्ने बताइन् ।

“नेपालको आर्थिक विकास गर्ने तुलनात्मक लाभका क्षेत्रहरू पहिचान गरिसकेका छौँ । ती क्षेत्रमा लगानी बढाउन र सहजीकरण गर्न उद्योगमैत्री नीति बनाएर निजी क्षेत्र र सरकारबीच उच्चस्तरको समझदारीका साथ मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन जरुरी छ,” उनले भनिन्।

कार्यक्रममा विनाविभागीय मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादन प्रवद्र्धनका लागि सरकार सकारात्मक रहेको भन्दै छिट्टै टुङ्गिने सरकारको न्यूनतम साझा कार्यक्रममा व्यावसायिक समस्याको सम्बोधन हुने विश्वास व्यक्त गरे। उनले सरकार निजी क्षेत्रको साथमा रहेको भन्दै निजी क्षेत्रको साझेदारीतामा अर्थतन्त्रलाई माथि उकास्न सक्रिय हुने बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले देशको महत्त्वपूर्ण जुत्ता चप्पल उद्योगको आत्मनिर्भरताका साथै निर्यातमा पनि राम्रो सम्भावना रहेको भन्दै यस व्यवसायमा आबद्ध व्यवसायीको प्रोत्साहनका लागि आवश्यक सहजीकरण गरिनुपर्नेमा जोड दिए। उहाँले अहिले चुनौतीमा रहेको अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य जरुरी रहेको उल्लेख गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा अहिले साना ठूला गरी झण्डै एक हजार छ सय उद्योग सञ्चालनमा रहेको र ती उद्योगमार्फत उत्पादित सामग्रीको बजार प्रवद्र्धन र उद्योग सञ्चालन सहजीकरणका लागि नीतिगत सुधार गरिनुपर्नेमा जोड दिए।

नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित तीन दिनसम्म सञ्चालन हुने मेलामा ९० स्वदेशी र ४० विदेशीसहित एक सय ३० स्टल रहेका छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । स्वदेशी तथा विदेशी कच्चापदार्थ उत्पादक, क्रेता र डिलरहरूलाई एकै थलोबाट वर्तमान जुत्ता चप्पल उत्पादनका गुणस्तर अभिवृद्धि र नयाँ प्रविधि र पद्धतिबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको सङ्घका अध्यक्ष ननीराज घिमिरेले बताए ।

Artha Sanjal
मिती : २१ पुष २०७९, बिहीबार १८:५९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर

एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै

स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल

ताजा समाचार

  1. सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर
  2. एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य
  3. जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै
  4. स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल
  5. कर्जा प्रवाहमा संकुचनले बजारमा रकम अभाव
  6. घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा
  7. हुन्डीबाट कारोवार हुदा भारुको नेपाली मूल्य घट्यो, माग भन्दा आपूर्ति बढी

विजनेश फोकस

स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.