

ग्लोबल आइएमई बैंकका बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश शर्मा ढकालले ग्लोबल आइएमई बैंक छोड्ने भएका छन् । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालका विश्वासका पात्रका रुपमा रहेका महेश ढकाल ग्लोबल आइएमई बैंक छोडेर मेगा बैंकमा जाने भएका हुन् ।
चन्द्र ढकाल र सीईओ रत्नराज बज्राचार्यसँग कुरा नमिलेपछि ढकालका विश्वासका पात्रका रुपमा रहेका महेश ग्लोबल आइएमई बैंक छोड्न लागेको स्रोतले जनाएको छ । साथै उनले मेगा बैंकमा आइतबारदेखि काम थालनी गर्ने गरि ग्लोबल आइएमई बैंकमा राजिनामा गरेको स्रोतले जनाएको छ।
यस बिषयमा ढकालसंग कुरा गर्दा ग्लोबल आइएमई बैंक छोड्न लागेको र मेगा बैंक जाने बिषयलाई स्वीकार गरेका छन्।
कामु प्रमुख कार्यकारी अधिकृत रहेकी रविना देशराज श्रेष्ठले राजीनामा गरेपछि मेगाको नेतृत्व वरिष्ठ नायब महाप्रबन्धक तुलसीराम पोखरेलले गरिरहेका छन्। मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिदैछ। गाभिएपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उनी बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुनेछन्।
ग्लोबल आइएमइ बैंकले बैंक अफ काठमाण्डू गाभ्दैछ। बिओकेमा प्रमुख कार्यकारीका रुपमा श्रवणकुमार मास्के छन्। मर्जपछि मास्के बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने छन्।
नेपाल राष्ट्र बैंकको पुस १५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएसंगै पद बाडफाडका बिषयमा कुरा नमिलेपछि बैंकभित्र किचलो सुरु भएको छ ।
अर्थ सन्जाल