

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैत मसान्तसम्म गर्ने भएको छ।
संस्थाले वार्षिक साधारणसभा यही पुस मसान्तसम्म सम्पन्न गर्न नसकिने पनि जानकारी गराएको छ ।
बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाइ भएकोले पुस मसान्तसम्म वार्षिक साधारणसभा सम्पन्न गर्न नसकिने संस्थाका कम्पनी सचिव एवं नायब प्रमुख कार्यकारी अधिकृत महेश चौधरीले जानकारी दिएका छन् ।
चौधरीका अनुसार उक्त आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेस गरी स्वीकृतिको प्रक्रियामा रहेको छ। ‘राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी चैत मसान्तसम्म वार्षिक साधारणसभा सम्पन्न गरिनेछ’ ।
Artha Sanjal
अर्थ सन्जाल