अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

  • अर्थ सन्जाल
  • २१ पुष २०७९, बिहीबार ११:४०


नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ बेवारिसेजस्तै बन्न पुगेको थियो । पञ्चायतकालमै निर्मित वरिपरिको पर्खाल हावाहुरी र भुइँचालोले भत्किएपछि मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिएको थिएन । दर्शक बस्न बनाइएका प्यारापिट उप्किएर र रङ खुइलिएर उराठ भइसकेका थिए ।

बेवास्ता र दूरावस्थाबाट यसरी गुज्रिरहेको रङ्गशाला फागुनको दोस्रो साता फुटबलको अन्तर्राष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएपछि काँचुली फेरिने प्रक्रियामा छ । अठार वर्षपछि आयोजना हुने भद्रपुर झापा गोल्डकप प्रतियोगिताका लागि गठित आयोजक समितिले सबैभन्दा पहिला रङगशालाको जीर्णोद्धार थालेको छ ।

झापाको साविक सदरमुकाम चन्द्रगढीको मेची रङ्गशालामा यतिबेला खेलप्रेमी र खेलाडी मात्र होइन, स्थानीय सरकारको हैसियतको रुपमा रहेको भद्रपुर नगरपालिका नै सम्पूर्णरुपमा रङ्गशालाको चमक ब्युँताउने अभियानमा जोडिएको छ । “कुनै बेला यो रङ्गशाला मुलुकभरिका खेलाडीले कौशल देखाउने मेची अञ्चलकै प्रमुख खेलमैदानको रुपमा चिनिएको थियो”, भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले भने, “हामीले त्यो इतिहासको गौरवलाई फर्काउन सबैभन्दा पहिला रङ्गशालाको मुहार फेर्ने काम गरिरहेका छौँ ।”

अध्यक्ष ढकालसहित समितिका पदाधिकारी दिनभरि रङ्गशालाको मैदानमा घाँस रोपिरहेका र प्यारापिटमा रङरोगन गरिरहेका भेटिन थालेका छन् । समितिको महासचिव रहेको भद्रपुर नगरपालिकाको निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठसमेत रङ्गशाला मर्मतसम्भार अभियानमा खटिने गरेका छन् ।

श्रेष्ठले आफ्नो कार्यकालमै रङ्गशालाको मुहारमा चमक ल्याउने सोचेको तर कोरोना महामारी र मुलुकको राजनीतिक अस्थिरताले सम्भव नभएको बताए । रङ्गशालाको मैदान सम्याएर घाँस रोप्ने कार्य सम्पन्न भइसकेको र प्यारापिट रङ्ग्याउने काम अन्तिम चरणमा रहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

अठार वर्ष अघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण आयोजना भएयता अरु कुनै फुटबलको गोल्डकप मेची रङ्गशालामा आयोजना भएका छैनन् । यही कारण लामो अन्तरालमा हुन लागेको प्रतियोगितालाई सफल बनाउन रङ्गशालालाई सिँगार्नु परेको खेलप्रेमी तथा भद्रपुर वडा नं ८ का वडाध्यक्ष मनोज सुब्बा बताउछन् ।

“कुनै बेला भद्रपुर नेपालकै प्रमुख नगरमा गनिन्थ्यो”, वडाध्यक्ष सुब्बा भन्छन्, “भद्रपुरको गौरव फर्काउने हो भने मुख्य पहिचानको रुपमा रहेको रङ्गशालालाई आकर्षक र चलायमान बनाउनुपर्छ भन्नेमा भद्रपुरवासीको साझा मत छ ।”

भद्रपुरको रङ्गशाला सुस्ताएपछि विर्तामोड, कनकाई, काँकडभिट्टा र दमकतिर फुटबलको प्रतियोगिता हुन थालेका थिए । खेल क्षेत्रमा पूर्वाधार भएर पनि पछि परेको पीडा बोकेका भद्रपुरका खेलप्रेमी यसपालि सर्वाधिक पुरस्कार राशि राखेर अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको तयारीमा जुटेको आयोजक समितिका अध्यक्ष ढकालले बताए ।

भद्रपुर डेढ दशकअघिसम्म फुटबलको केन्द्रजस्तै थियो । राष्ट्रिय फुटबल टिमका कप्तान रहिसकेका हरि खड्का भद्रपुरकै हुन् । उनि मेची रङ्गशालामै खेल अभ्यास गर्दागर्दै मुलुकको चर्चित खेलाडी बने । तर, यहाँ चार दशक अघि सुरु भएको त्रिभुवन गोल्डकप २०६१ सालयता एकपटक पनि आयोजना हुन सकेन ।

भद्रपुरले इतिहास ब्युँताउँदै फुटबल प्रतियोगिता आयोजनाको तयारी थालेपछि झापा विर्तामोडमा बर्सेनि हुँदै आएको झापा गोल्डकपले आफ्नो यसवर्षको कार्यक्रम स्थगित गरेर भद्रपुरलाई सघाउने घोषणा गरेको छ । भद्रपुर गोल्डकप एउटा फुटबल उत्सव मात्रमा सीमित रहेन अब । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल अहिले नागरिकस्तरबाट गोल्डकपका पक्षमा देखिएको उत्साहजनक सहयोगलाई भद्रपुरकै विकासको पुनर्जागरणको रुपमा लिन्छन् । “मेची रङ्गशालाको जीर्णोद्धारबाट सुरु भएको भद्रपुरवासीको उत्साहलाई ऊर्जा मानेर हामी यस क्षेत्रको समृद्धि अभियानमा सबैलाई जोड्न तत्पर छौँ”, नगरप्रमुख पोखरेल भन्छन्, “भद्रपुरमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने जुन निरासा वर्षौंदेखि थुप्रिएको थियो, अहिले त्यसको अन्त्य भएर रङ्गशालाको काँचुली फेर्ने कार्यबाट जनजनमा उत्साह जागृत भएको छ ।” रासस

Artha Sanjal
मिती : २१ पुष २०७९, बिहीबार ११:४० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ताजा समाचार

  1. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  2. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  3. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  4. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  5. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई
  6. नेपाल सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुदै
  7. आज राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.