

सुनको मूल्य लगातार उकालो लागेको छ। आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल