

एनआईसी एशिया बैंकको सेयर मूल्य वाणिज्य बैंकहरु मध्येकै सबैभन्दा महंगो बनेको छ । बैंकको सेयरमूल्य ७८४ रुपैयाँ पुगेको छ । नबील बैंकलाई पछि पार्दै एनआईसी सबैभन्दा महंगो सेयरमूल्य भएको वाणिज्य बैंक बनेको हो ।
आज एनआईसी एशिया बैंकको सेयर मूल्य २.१० प्रतिशत अर्थात प्रतिकित्ता १६ रुपैया १० पैसाले बढेर ७८४ रुपैयाँ कायम भएको छ ।
आज कम्पनीको ७ करोड ७९ लाख ४२ हजार रुपैयाँ बराबरको १ लाख ४९९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
उक्त दिन नबील बैंकको सेयर मूल्य प्रतिकित्ता ९० रुपैयाँले बढेर प्रतिकित्ता ७३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।
आज बैंकको ६ करोड ६२ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ८९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको हो ।
नेपाली सेयर बजारमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा महंगो सेयर मूल्य नबिल बैंकको थियो । तर पछिल्लो केहीदिन यता एनआईसीले नबिललाई उछिनेको छ ।
अर्थ सन्जाल