नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २३ लाख कित्ता बढी सेयर सूचीकृत भउको छ।
नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । यो लघुवित्तको २३ लाख १२ हजार ४९७.२२१४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यो लघुवित्तले आर्थिक वर्ष २०७७–७८मा सेयरधनीहरुलाई कुल २१।०५३ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश थिए।
सोही २० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
Artha Sanjal
अर्थ सन्जाल