

बुधबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि १४.०९ अंकले बढेर ५०८.७२ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ । उक्त सेयर ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको हो ।
आज १३ वटै उपसमूहमा हरियाली छाएको छ । यस दिन २०७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।
आज सर्वाधिक हिमालयन डिस्टिलरी, सानिमा माई हाइड्रोपावर, नेपाल दूरसंचार, नेपाल पुनर्बीमा कम्पनी, हिमाल दोलखा हाइड्रोपावर,
शिवम सिमेन्ट्स, एनआईसी एशिया बैंक, नबिल बैंक, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट अपि पावर कम्पनी
Artha Sanjal
अर्थ सन्जाल