

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधवार अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्दैछ । त्यसैले, आज पुस २० गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेट बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल