

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको मंगलबार (पुस १९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिश नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल