

गैडाकोट नगरपालिका-१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद चाेरी भएकाे छ । सहकारीबाट साेमबार राित ५ लाख ९१ हजार रुपैयाँ चोरी भएको हाे ।
उक्त सहकारीको सटर ताेडेर अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको प्रहरीले जनाएकाे ५ । सहकारीमा ताेडफाेड र चाेरी भएकाे भन्ने सूचना पाएपछि अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट प्रहरी टाेली घट्नास्थल पुगेकाे थियाे ।
तर प्रहरी टाेली त्यहाँ पुग्दा चोरीमा संलग्न फरार भइसकेकाे र उनीहरुकाे खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएका छ ।
Artha Sanjal
अर्थ सन्जाल