

मुक्तिनाथ विकास बैंक सञ्चालनको १७ वर्षमा प्रवेश गरेको छ । वार्षिकत्सवको अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक उद्घाटन गरेको छ ।
बैंकका अध्यक्ष भरतराज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता जनाए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, वर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पारेका थिए ।
बैंकले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन गरेको छ । विभिन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयमार्फत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विविध सामग्री वितरण गरेको छ ।
सेवाको भावनाले स्थापित अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग, वृद्धा, अनाथ तथा बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानाव आश्रमहरुमा आत्मनिर्भरता बढाउन ुमुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्टु सम्बन्धी सामाग्री हस्तान्तरण र न्यानो कपडा वितरण गर्ने जस्ता विभिन्न कार्यहरु गरिएको छ ।
अर्थ सन्जाल