

नेपाली सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ बिन्दुमा पुगेको हो ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ३९४.६२ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । यसदिन तिन अर्ब ४५ करोड ८० लाख ८९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यसदिन १०७ कम्पनीको सेयर मूल्य बढेको छ, भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज सर्वाधिक हिमालयन डिस्टिलरीको ४३ करोड १९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ९ करोड ६६ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ४९ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ३ लाख रुपैयाँ, नबिल बैंकको ७ करोड ९८ लाख रुपैयाँ, नेपाल टेलिकमको ७ करोड ९० लाख रुपैयाँ, रिडी पावरको ६ करोड ४७ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ५ करोड ८४ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको ५ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ सन्जाल