अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पर्यटक तान्दै कालीगण्डकी जल यातायात

  • अर्थ सन्जाल
  • १९ पुष २०७९, मंगलवार १४:१८


पोखरा महानगरपालिका ३२ तल्लो गगनगौँडास्थित नविन टोल विकास संस्थामा आवद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे ।

जलविद्युत् आयोजनाका निर्माणका क्रममा बनेको जलाशयमा जल यायातायात ९स्टिमर० चढेर शिला शालिग्रामसम्म पुग्ने लक्ष्य राखेपनि उनीहरू त्यहाँ पानीको सतह घटाइएका कारण जल यातायातबाट लक्षित गन्तव्यमा भने पुग्न सकेनन् । उक्त टोलीसहित सो दिन अन्य ठाउँ ठाउँबाट आएका पर्यटक जल यायातायात चढेर शिला शालिग्राम पुग्न नसकेपनि केही समय छोटै दुरिमै भए पनि जल यातायातको राम्रैसँग अनुभव लिए ।

समय समयमा मर्मतका साथै वर्षातमा पानीको बहाब बढ्दा जल यायातायात नचल्ने भए पनि थाहा नहुँदा टाढाबाट आएका पर्यटक निराश बनेर फर्कने शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका सुपरभाइजर कृष्ण क्षेत्रीले बताए ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म रमणीय दृश्य अवलोकन गर्दै सात किलोमिटरको दूरीमा विगत १९ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा आएको उनले जानकारी दिए ।

जल यायातायात सेवाले दक्षिण पर्वतको विहादी र पैँयू गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुनुका साथै यसले यहाँको पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान गरेको छ ।

‘हाल तीनवटा स्टिमरबाट पर्यटकलाई सेवा दिइरहेका छौँ’, उनले भने, ‘एउटामा ८० जनाको दरले एक पटकमा दुई सय ४० जनालाई जलविहार गर्ने व्यवस्था मिलाएका छौँ ।’ जल यातायात सेवा सञ्चालनले चार घण्टाको यात्रा आधा घण्टामा सीमितभएको स्थानीय रमेश सुवेदीले बताए ।

‘स्टिमर सेवा सञ्चालनले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासी धेरै लाभान्वित बनेका छन्’, उनले भने, ‘यसबाट यस क्षेत्रको पर्यटकीय विकासमा विशिष्ट योगदान पुगेको छ ।’

सुवेदीका अनुसार जल यायातायातकै कारण आउने पर्यटकका कारण यहाँको आर्थिक गतिविधि चलायमान भएको छ । पछिल्ला समयमा बाँध आसपासका क्षेत्रमा होटेल तथा अन्य पूर्वाधार पनि विकास भएको बताउँदै उनले प्रत्येक दिन करिब पाँच सय जनासम्म बस्ने क्षमताका होटेल सञ्चालनमा आइसकेको जानकारी दिए ।

जल यातायातबाट पर्वतको सेतीवेणीस्थित विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न जान सकिने भएकाले यो धार्मिक पर्यटनको गन्तव्य पनि बनेको छ । काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इञ्जिन जडान गरेर बनाइएका स्टिमरमा चढ्दा पानी जहाजकै झल्को आउने तनहुँको बन्दीपुरबाट घुम्न पुगेका निकेश श्रेष्ठले अनुभव सुनाए ।

‘स्टिमर चढ्दा सानो पानी जहाजको भल्को आउँदो रहेछ’, उनले भने, ‘जलयातायातको अनुभवका लागि यो महत्वपूर्ण बनेपनि टाढाबाट आउनेका लागि सञ्चालनमा आए नआएको थाहा नहुँदा समस्या पर्ने रहेछ ।’

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट विसं २०६२ मा स्वीकृति लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको हो । विगतमा १२ वटासम्म साना तथा ठूला स्टिमर निरन्तर सञ्चालन आएपनि अहिले भने तीनवटा मात्र सञ्चालनमा छन् ।

सुपरभाइजर क्षेत्रीका अनुसार शिला शालिग्रामसम्मको दुईतर्फी यात्राका लागि ४०० रुपैयाँ निर्धारण गरिएको छ । मिर्मीदेखि सेतीबेनीसम्म एकतर्फी पुग्न ३० देखि ४५ मिनेट जलयात्राको समय लाग्ने उनले बताए । कालीगण्डकी जलयातायात समग्र गण्डकी प्रदेशका लागि महत्वपूर्ण पर्यटकीय गतिविधि बन्ने भएकाले यसलाई थप व्यवस्थित गर्नुपर्ने देखिएको भ्रमणका क्रममा पुग्नुभएका नविन टोल विकास संस्था पोखरा–३२ का अध्यक्ष पुष्पराज शर्मा पौडेलले बताए ।

‘जल यातायातको राम्रो प्रवद्र्धन गर्न सकेमा यो महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ’, उनले भने, ‘जलाशयसम्म पुग्नका लागि बाटो लगायतका पूर्वाधारलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ ।’ सिद्धार्थ राजमार्गको गल्याङस्थित जिरो किलोमिटरबाट १७ किलोमिटर दूरीमा यातायातका साधनमार्फत् जलाशय पुग्न सकिन्छ । रासस

Artha Sanjal
मिती : १९ पुष २०७९, मंगलवार १४:१८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘टाइगर कप’मा चम्केका रवि केसी

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.