अर्थ सन्जाल
१८ चैत्र २०७९, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ चैत्र २०७९, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

खाद्य व्यवस्थाद्वारा ६३ हजार क्विन्टल धान खरिद

  • अर्थ सन्जाल
  • १८ पुष २०७९, सोमबार १९:३२


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ६३ हजार तीन सय ६२ क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष ३० हजार मेट्रिक टन धान खरिदको लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले पुस १७ गतेसम्म ६३ हजार तीन सय क्विन्टल बराबर मात्रै धान खरिद गरेको हो ।

खाद्य व्यवस्था कम्पनीले देशका विभिन्न १० कार्यालयबाट धान खरिद गर्दै आएको छ । जसमध्ये हालसम्म बिर्तामोड, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर कार्यालयबाट धान खरिद सुरु भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिए। उनका अनुसार लहान, जनकपुर र भैरहवामा भने अझै खरिद कार्य सुरु भइसकेको छैन ।

‘खाद्य व्यवस्था कम्पनीका सात कार्यालयबाट आइतबारसम्ममा ६३ हजार तीन सय क्वीन्टल धान खरिद भइसकेको छ । तीनवटा कार्यालयले भने खरिद सुरु गरिसकेका छैन । ती कार्यालयबाट पनि चाँडै सुरु गर्ने तयारीमा छौँ’, सुवेदीले भने । यसवर्ष ३० हजार २० मेट्रिकटन धान खरिद गर्ने खाद्य व्यवस्था कम्पनीको योजना छ । त्यसका लागि ९९ करोड बजेट छुट्याइएको छ । कम्पनीले पहिलो चरणमा २० हजार नौ सय मेट्रिकटन धान खरिदको योजना बनाएको छ ।

गत कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले यसवर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य रु तीन हजार एक सय २८ तोकी दिएको छ । गतवर्षको तुलनामा मोटा धानमा प्रतिक्वीन्टल दुई सय १५ र मध्यम धानमा दुई सय २६ बढाएर समर्थन मूल्य तोकिएको छ ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानबाट धान संकलनको जिम्मा खाद्य व्यवस्था कम्पनीको हो । कम्पनीले तोकिएको समर्थन मूल्यमा धान नकिनेको भन्दै किसान र तिनका प्रतिनिधि संस्थाहरू आन्दोलित छन् ।

गुणस्तरीय धान खरिदका लागि ढिलो गरी मात्रै खरिद प्रक्रिया सुरु गरेको खाद्य व्यवस्था कम्पनीको भनाइ छ । धान काट्ने वित्तिकै किन्दा त्यसमा चिस्यानको मात्रा बढी हुने भएकाले ढिलो गरी मात्रै धान किन्न लागिएको उसको दावी छ । धान किन्दा १८ प्रतिशत भन्दा कम चिस्यान भएको किन्नुपर्छ । यो सरकारले नै तोकेको मापदण्ड हो । धान काट्ने बित्तिकै किन्दा त्यसको चिस्यान बढी हुने र तौल पनि बढी हुने तर गुणस्तर भने नपुग्ने भएका कारण ढिलो गरी धान किन्न लागिएको कम्पनीको तर्क छ ।

सरकारले धानको उत्पादन लागत र ढुवानी बाहेक २० प्रतिशत थप रकममा समर्थन मूल्य तोक्छ । बजार मूल्यभन्दा महँगोमा धान किनेवापत सरकारले खाद्य व्यवस्था कम्पनीलाई सोधभर्ना उपलब्ध गराउनुपर्छ । तर खाद्य व्यवस्था कम्पनीले पछिल्लो चार वर्षको शोध भर्ना पाएको छैन । यस अघिकै ३४ करोड ५४ लाख शोध भर्ना लिन बाँकी रहेको र यसवर्षको धान खरिदका लागि थप रु २७ करोड आवश्यक रहेको खाद्य व्यवस्था कम्पनीले जनाएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत बिहीबार सार्वजनिक गरेको ‘चालु आर्थिक वर्ष २०७९-८० को धान उत्पादनसम्बन्धी विवरण’ अनुसार यसवर्ष १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिकटन उत्पादन भएको छ । 

Artha Sanjal
मिती : १८ पुष २०७९, सोमबार १९:३२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड

खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित

रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा

मिटरब्याजी पीडित बालुवाटार प्रवेश

ताजा समाचार

  1. मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड
  2. खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित
  3. रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा
  4. मिटरब्याजी पीडित बालुवाटार प्रवेश
  5. चितवन-२ मा एमालेवाट को बन्दैछन् उम्मेदवार ?
  6. कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता
  7. कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच सम्झौता

विजनेश फोकस

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.ल...

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसन...

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, कसरी हेर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं साधारणसभा सम्...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.