अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एनआईसी एशिया र नबिलबीच कडा टक्कर, सबैभन्दा महंगो सेयर मूल्य हुने बैंक बन्यो एनआईसी

  • अर्थ सन्जाल
  • १८ पुष २०७९, सोमबार १४:१४


एनआईसी एशिया बैंक नेपाली सेयर बजारमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा महंगो सेयर मूल्य हुने बैंक बनेको छ । सेयर बजारमा सबैभन्दा कहलिएको नबिल बैंकलाई उछिन्दै एनआईसी एशिया सबैभन्दा धेरै सेयर मूल्य हुने बैंक बनेको हो ।

सोमबार यो समाचार तयार पार्दासम्म नबिल बैंकको सेयर मूल्य ७४३ रुपैयाँ पुगेको छ भने एनआइसीको सेयर मूल्य ७६५ रुपैयाँ पुगेको छ । यो नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै हो ।

नबिलले गत वर्ष २०७८/७९ को नाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

नाफाबाट घोषणा गरेको १८.५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएपछि सेयर मूल्यका आधारमा नबिल एनआईसीभन्दा पछि परेको हो । नबिल बैंकको १८.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि भाउ प्रतिकित्ता ७२१ रुपैयाँ १० पैसा कायम भएको थियो ।

विगत २ वर्षयता सेयरधनीलाई लाभांश खुवाउन नसके पनि पछिल्लो एक सातायता एनआईसीको सेयर मूल्य लगातार बढिरहेको छ । अन्य सबै सूचकमा अब्बल रहेको एनआईसी एशिया बैंकप्रति लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ । राष्ट्र बैंकले तोेकेको केही प्रावधानहरु पूरा नहुँदा एनआईसीले गत वर्ष पनि लाभांश वितरण गर्न पाएको थिएन ।

लाभांश वितरण गर्न नपाएको एनआईसीको अन्य सूचक बलियो बन्दै गइरहेको छ । यता वर्षेनी बम्पर लाभांश दिँदै आएको नबिल बैंकको सेयर संख्या बढेसँगै पछिल्ला वर्षहरुमा सेयर मूल्य बढ्न सकेको छैन ।

हाल नेप्सेमा नबिलको २७ करोड ५ लाख कित्ता सेयर सूचीकृत छ भने एनआइसीको ११ करोड ५६ लाख कित्ता मात्र सूचीकृत । कर्जा, निक्षेप, खुद नाफा लगायत अधिकांश सूचकमा एनआईसी र नबिलको टक्कर रहँदै आएको छ ।

सबै सूचकमा अब्बल बन्दै एनआईसी

एनआईसी एशिया बैंकले आर्थिक२०७९–८० को प्रथम त्रैमाससम्म १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन गत वर्षको तुलनामा ४९ प्रतिशतले बढी हो । त्यसैगरी वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै हो ।

बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) २६.५५ प्रतिशत रहेको छ । यता, बैंकको वार्षिक प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा रहेको छ । यो तथ्यांकले प्रतिसेयर आम्दानी लगायतका प्रमुख सूचकहरु निकै आकर्षक र सबल रहेको डेखाउँछ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ । जस अनुसार निष्कृय कर्जा अनुपात प्रथम त्रैमाससम्ममा ०.५९ प्रतिशतमात्र रहेको छ ।

बैंकले आर्थिक २०७९–८० को प्रथम त्रैमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ ।

एनआइसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

यस्तो छ नबिल बैंकको महत्वपूर्ण सूचक

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ ०१ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ २८ पैसा छ ।

पछिल्लो समय एनआईसी एसिया बैंक र नबिल बैंकबीच कडा प्रतिस्पर्धा थालेको छ । सेयर बजारमा नबिलको नाम र सेयर मूल्य सधैँ उच्च हुने गरेमा अहिले एनईसी एशियाले टक्कर दिएको छ । ग्राहको मत जित्दै आएको सेयरधनीले सेयरधनीको पनि मन जित्दै आएको छ ।

Artha Sanjal
मिती : १८ पुष २०७९, सोमबार १४:१४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशत सम्म छुट

महालक्ष्मी विकास बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

लगातार घट्यो सेयर बजार : मंगलबार १५.७४ अंकको गिरावट

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

ताजा समाचार

  1. माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशत सम्म छुट
  2. महालक्ष्मी विकास बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न
  3. लगातार घट्यो सेयर बजार : मंगलबार १५.७४ अंकको गिरावट
  4. भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार
  5. अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
  6. शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने
  7. गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विजनेश फोकस

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तको नाफासँगै अघिकांश सूचकमा...

प्रभु बैंकका सीईओको नियुक्ति गैरकानुनी, उच्च अद...

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.