अर्थ सन्जाल
१८ चैत्र २०७९, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ चैत्र २०७९, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

  • अर्थ सन्जाल
  • १८ पुष २०७९, सोमबार १३:४१


उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज गृह मन्त्रालयबाट सम्बोधन गर्दै उनले जनताबाट गुनासो नआउने गरी सेवा प्रवाह गर्न तथा शीतलहरलगायत विपद्जन्य घटनाबाट नागरिकको सुरक्षा गर्न निर्देशन दिएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गृह प्रशासनको सेवा प्रवाह चुस्त पार्न, जाडो बढेसँगै शीतलहर तथा अन्य प्राकृतिक विपद्जन्य घटनाबाट नागरिकको जीउ ज्यान जोगाउने गरी काम गर्न निर्देशन प्राप्त भएको जानकारी दिए । गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न पनि भनेको उनले बताए।

“सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, अवैध चोरी नियन्त्रण तथा विपद् व्यवस्थापनकै विषयमा मन्त्रीज्यूबाट आवश्यक निर्देशन भएको छ”, बैठकमा सहभागी काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले थपे, “संक्षिप्त निर्देशनमा मन्त्रालयबाट गर्नुपर्ने काम भए लिखित रुपमा ल्याउन पनि भनेका छन्।”

उपाध्ययका अनुसार गृहमन्त्रीले तराईमा शीतलहर र उच्च हिमाली जिल्लामा हिमपातका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन एवं विपद् व्यवस्थापनका तयारीमा आवश्यक समन्वय तथा व्यवस्थापनमा मन्त्रालयले पहल गर्ने जानकारी पनि गराएको उनको सचिवालएले जनाएको छ ।

गृहमन्त्रीले नागरिकका गुनासो तथा समस्यालाई सधैँ उच्च प्राथमिकतामा राखेर सेवा दिन, सेवामा सहज पहुँच विस्तार, प्रविधिमैत्री र सद्भावपूर्ण व्यवहार अपनाउन पनि आग्रह गरेका छन् । सुशासनलाई ध्यानमा राखेर भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउन आफू र आफ्नो पार्टी प्रतिवद्ध रहेकाले कुनै पनि व्यक्ति वा संयन्त्रयको दबाब र प्रभावमा नपर्न पनि उनले मातहतका अधिकारीलाई निर्देशन दिए ।

नागरिकले राज्यबाट पाउने सेवामा ढिलासुस्ती, झण्झटिलो र रुखो व्यवहार भोग्नुपर्ने गुनासो आजैदेखि हटाउन पनि गृहमन्त्रीले भनेका छन्। यसका साथै मुलुकभर मिटरब्याजीको मारमा परेका नागरिकले अझै न्याय नपाएको गुनासो गरिरहेकाले यसप्रति पनि आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन्।

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवाका साथै प्रहरीमार्फत हुने शान्ति सुरक्षालगायत नियमित सेवा प्रवाहलाई समेत चुस्तदुरुस्त बनाउन पनि उनले निर्देशन दिएको प्रजिअ उपाध्ययले जानकारी दिए । रासस

Artha Sanjal
मिती : १८ पुष २०७९, सोमबार १३:४१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड

खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित

रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा

मिटरब्याजी पीडित बालुवाटार प्रवेश

ताजा समाचार

  1. मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड
  2. खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित
  3. रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा
  4. मिटरब्याजी पीडित बालुवाटार प्रवेश
  5. चितवन-२ मा एमालेवाट को बन्दैछन् उम्मेदवार ?
  6. कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता
  7. कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच सम्झौता

विजनेश फोकस

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.ल...

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसन...

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, कसरी हेर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं साधारणसभा सम्...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.