

यसपटक ४ वाणिज्य बैंकले सेयरधनीको हात खाली बनाएको छ । माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र एनआईसी एसिया बैंकले यस पटक सेयरधनीको हात रित्तो बनाएको हो ।
सञ्चालक समितिबाट चार वटा बैंकले लाभांश नदिने घोषणा गरिसकेका छन् । यीमध्ये तोकिएका शर्त पूरा नभएपछि एनआईसी एसिया बैंकले गत वर्ष पनि लाभांश दिएको थिएन ।
अघिल्लो वर्ष सनराइज बैंकले ७, माछापुच्छ्रे बैंकले १४ र लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश दिएका थिए ।
यसपटक कृषि विकास बैंकबाहेक सबै बैंकले लाभांश घोषणा गरिसकेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल