अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’

  • अर्थ सन्जाल
  • १८ पुष २०७९, सोमबार १२:२६


अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी प्लास्टिकका टनेल । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली । एकदशक अगाडिसम्म गहुँ, जौ, धान र मकै फल्ने अधिकारीचौरका खेतीयोग्य जमिनमा अहिले तरकारीखेती भइरहेका छन् । अहिले ती बारीमा सेताम्मे प्लास्टिका टनेल छन् । पहिले गहुँ, मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

ढोरपाटन नगरपालिका–५ मा पर्ने अधिकारी चौर र नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेतीमा आबद्ध छन् । विसं २०७५ देखि गाउँलेले सुरु गरेको व्यावसायिक तरकारी खेतीले अहिले ठूलो रुप लिएको छ । कृषकले तरकारी खेतीलाई विस्तार गरेपछि गाउँका बाँझो जमिन पनि प्रयोगमा आएका छन् । युवाले रोजगार पाएका छन् । गाउँमा दुई सय २० घर परिवार छन् । उनीहरु सबै तरकारी खेतीमै आबद्ध छन् । यहाँ प्लास्टिक टनेल नहालेको कुनै परिवार छैन । बुर्तिबाङ बजार नजिकै रहेको अधिकारीचौर तथा नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेती गर्दै आएका छन् ।

बजारीकरणको समस्या नभएको हुँदा यहाँका कृषकले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको स्थानीय कृष्णलाल कँडेलले बताए । कँडेलले गाउँका स्थानीयमा उद्यम गर्नुपर्छ भन्ने सोँच विकास भएपछि अधिकारीचौर र नाथुरीगाउँ ‘तरकारी गाउँ’का रुपमा विकास भएको बताए । पछिल्लो समय यहाँ तरकारीखेती फस्टाउँदै गएपछि गाउँले नै यसतर्फ आकर्षित भएको उनि बताउछन् ।

“गाउँलेलाई पहिले बारीमा उत्पादन भएको धान, मकै र गहुँले खान पुग्दैनथ्यो, अहिले यहाँका कोही पनि नागरिकलाई किनेर खानुपर्ने अवस्था छैन, सबैको बारीमा तरकारी फलेको छ, पैसा चाहिए एक डोका तरकारी बजारमा लगेर बेचे भइहाल्छ, केही होलान् गाउँमा तरकारी खेती नगरेका तिनीहरू पनि तरकारी खेतीमा जोडिँदै छन्”, कँडेलले भने, “अहिले यो गाउँमा टनेल नबनाएको घर नै छैन, तरकारी खेतीले दैनिकी फेरिएको छ ।”

व्यावसायिक तरकारी खेतीले जीवनशैली नै बद्लिएको कँडेलको भनाइ छ । उनले आफूहरुले उत्पादन गरेको तरकारीले पनि राम्रो बजार पाएको भन्दै कृषक थप उत्साहित भएर लागेको बताए । तरकारी खेती गर्न कृषि ज्ञान केन्द्रले पनि राम्रो सहयोग गर्दै आएको उनि बताउछन् । गाउँमा खाली जग्गामा पनि विस्तारै तरकारी खेती हुन थालेको कँडेलको भनाइ छ ।

“विगतमा यहाँका जनताको अवस्था कस्तो थियो, अहिले कस्तो भयो हामी चकित पर्छौँ, लगनशीलता र परिश्रमले जीवन फेरिँदोरहेछ, पहिले धेरै जसोले मजदूरी गरेरै जीविकोपार्जन गर्नुपथ्र्यो, अहिले आफ्नै बारीमा पैसा फलेको छ”, उनले भने, “बजारको समस्या छैन, गाउँमै मोटरबाटो आएको छ, त्यसले गर्दा व्यापारी बारीमै तरकारी खरिद गर्न आउँछन् ।”

स्थानीय जनकराज पाण्डेले तरकारी खेतीबाट वार्षिक तीन लाख बढी आम्दानी गर्ने गरेको बताए । आफ्नो बारीमा ११ वटा अस्थायी एउटा स्थायी टनेल निर्माण गरेर तरकारी खेती गर्दै आएको पाण्डेको भनाइ छ । कृषि ज्ञानकेन्द्र बागलुङले तीन लाख सहयोग गरेको भन्दै त्यसबाट तरकारी खेती विस्तारमा ठूलो राहत मिलेको उनि बताउछन् ।

पाण्डे भन्छन्, “मेरो तरकारी फार्म केही लेकमा पर्छ, टनेलमा खेती गर्दा राम्रै उत्पादन हुँदो रहेछ, मैले बाह्र वटा टनेलमा तरकारी खेती गरेको छु, वार्षिक तीन लाख आम्दानी हुने गरेको छ, गाउँमा अरु किसानले पनि राम्रो आम्दानी गरेका छन्, पहिले यस्तो तरकारी खेती गर्ने चलन थिएन, मोटरबाटो आएपछि मात्रै यसरी व्यावसायिकरुपमा खेती हुन थालेको हो ।”

कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको पाण्डेले गुनासो गरे । उनले बजारको समस्या रहेको हुँदा व्यापारीले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको बताए । पाण्डेले हिउँदका समयमा तरकारी बजार पु¥याउन सहज भए पनि बर्खामा ठूलो समस्या पर्ने गरेको बताउछन् ।

“यहाँ उत्पादन भएको तरकारी सबै बुर्तिबाङ बजारमा पु¥याउँछौँ, बजारमा भारतबाट आएका तरकारीले गर्दा हामीले उत्पादन गरेको तरकारी कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ, व्यापारीले भनेको मूल्यमा दिनुपर्ने अवस्था छ”, उनले भने, “खोलामा पुल छैन, बर्खाको समयमा डोकोमै बोकेर बजार पु¥याउनुपर्ने अवस्था छ, असार लाग्यो भने बाटो बन्द हुन्छ, असोज कात्तिकसम्म बोकेरै बजार पु¥याउनुपर्छ ।”

स्थानीय शालिकराम कँडेलले तरकारी खेती गरेपछि आर्थिक समस्या भोग्नु नपरेको बताए । तरकारी खेतीबाट परिवार चलाउन सहज भएको बताए । उनले कृषि ज्ञान केन्द्रबाट चार लाख अनुदान प्राप्त भएको भन्दै त्यसबाट टेनल व्यवस्थापन गरी थप खेती विस्तार गरेको बताए । ज्ञान केन्द्रले सहयोग गरे पनि ढोरपाटन नगरपालिकाबाट अहिलेसम्म सहयोग प्राप्त नभएको उनको भनाइ छ ।

कँडेल भन्छन्, “सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ, तर हामीलाई नजिकको सरकार (नगरपालिका)ले सहयोग गरेको छैन, किसानका थुप्रै समस्या छन्, केही सहयोगको अपेक्षा त हुँदो रहेछ तर भएन, तरकारी खेतीले सानो सानो रकम कसैलाई माग्न परेको छैन, परिवार सजिलैसँग चलाउन सकिएको छ ।”

अधिकारी चौर र नाथुरी गाउँ तरकारी खेतीका लागि उर्वर भूमि रहेको हुँदा कृषक पनि सक्रिय भएर लागेका छन् । गाउँका सबै स्थानीय तरकारी खेतीमा आबद्ध हुँदा वार्षिक गाउँमा ५० लाख बढी भित्रिने गरेको छ । कृषकलाई समयसमयमा परामर्श, तालिम तथा आवश्यक अनुदानसमेत दिँदै आएको कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

उनले यहाँका कृषकले निकै मेहनतका साथ तरकारी खेती गरेको बताए । यहाँको माटो र वातावरण तरकारी खेती सुहाउँदो भएको हुँदा उत्पादन पनि राम्रो हुने गरेको भट्टराई बताउछन् । कृषि ज्ञान केन्द्रले यहाँ तीन सयभन्दा बढी प्लास्टिक टनेल निर्माण गरिदिएको उनको भनाइ छ ।

“अधिकारीचौरका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजनाअन्तर्गत व्यावसायिक कृषि उत्पादन केन्द्र तरकारी ब्लकबाट दुई वर्षमा ५० लाखको सहयोग गरिसकेका छौँ, यहाँका धेरै किसान तरकारी खेतीमा आबद्ध छन्”, भट्टराईले भने, “उहाँहरु निकै मेहनतका साथ लाग्नुभएको छ, ज्ञान केन्द्रको सहयोगले उहाँहरुलाई ठूलो राहत पुगेको छ ।” रासस

Artha Sanjal
मिती : १८ पुष २०७९, सोमबार १२:२६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

ताजा समाचार

  1. अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क
  2. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  3. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  4. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  5. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  6. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  7. रवि लामिछानेको सांसद पद खारेज

विजनेश फोकस

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.